नगरपालिका खटाइए पछि प्रदेशका उपसचिवले दिए राजीनामा

संघीय सरकारका शाखा अधिकृतहरुले धमाधम राजीनामा दिइरहँदा प्रदेशको उपसचिवले पनि जागिरबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएका उपसचिव नवराज ओझाले सेवाबाट राजीनामा दिएका छन् । कैलालीको गोदावरी नगरपालिका–६ लालपुर घर भएका उपसचिव ओझा २९ वर्ष सरकारी सेवामा बिताएका उनी नासुबाट सरकारी सेवामा पाइला राखेका हुन । हाल उपसचिव रहेका ओझा अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रवक्ताको भूमिका पनि निर्वाह गरिरहेका थिए ।

बिज्ञापन

मुख्यमन्त्री कार्यालयका प्रवक्ता समेत रहेका ओझालाई डडेल्धुराको अमरगढी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा गरेर पठाएको थियो । तर उनी नगरपालिकामा गएनन् । बरु ओझाले स्वास्थ्य अवस्था र व्यक्तिगत समस्या देखाउँदै प्रमुख सचिव वैकुण्ठ प्रसाद अर्याललाई राजीनामा पत्र बुझाएका हुन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

बिशेष