चार सह सचिवको जिम्मेवारी हेरफेर,दुई विभाग रिक्त

अर्थ मन्त्रालयले चार जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयले मातहतका चार जना सहसचिवको जिम्मेवारी हेरफेर गरेको हो । हालैमात्र मन्त्रालयबाट दुई सहसचिवहरु प्रदेश खटाइएसँगै र एक सहसचिव अनिवार्य अवकाशमा गएसँगै मन्त्रालयले केही सहसचिवको जिम्मेवारी हेरफेर गरेको हो ।
अर्थ मन्त्रालय स्रोतका अनुसार सहसचिव तथा प्रवक्ता टंक प्रसाद पाण्डेलाई प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ । यो महाशाखा यस अघि थानप्रसाद पज्ञानीले सम्हाल्दै आएका थिए । उनी अवकाशमा गएसँगै अर्थको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी पाण्डेको काँधमा सुम्पिएको हो । यस्तै,भन्सार विभागका उपमहानिर्देशक अमृत लम्साललाई छोटो समयमै मन्त्रालयमा तानेर यस अघि पाण्डेले हेर्दै आएको शाखाको जिम्मेवारी दिइएको छ । अर्थका प्रवक्ताको जिम्मेवारी अब लम्सालले सम्हाल्नेछन ।
यस्तै अमृत लम्सालको स्थानमा टंक लम्साललाई खटाइएको मन्त्रालयले जनाएको छ । विचौलिया दिपक भट्टसँग जोडिएका गजेन्द्र ठाकुरलाई सम्पत्ति शुद्धीकरण विभागबाट मन्त्रालयमा तानेर जिम्मेवारविहिन बनाइएको छ ।
उता १४ महिना आन्तरिक राजश्व विभाग कमाण्ड गरेर सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएका मदन दाहालले यो अवधिमा आफूले गरेका ४७ वटा मुख्य क्रियाकलापहरु आजै सार्वजनिक गरेका छन् । मदन दाहाल र गजेन्द्र ठाकुर बाहिरिएसँगै अर्थका दुई महत्वपूर्ण विभाग महानिर्देशकविहिन बनेको छ । अर्थ स्रोतका अनुसार भन्सार विभागमा महानिर्देशक समेत रेड जोनमा परेका छन् ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एकै वर्षमै ८५ अर्ब राजश्व छुट,क कस्ले पाए लाभ ?

प्रदेशमा मन्त्रालय कटौतीको तयारी : साउनबाट १२ मन्त्रालय ८ मा झारिदैं

अत्यावश्यकबाहेक नयाँ सामग्री खरिद नगर्न निर्देशन

एक बर्षमै थपियो ८८ अर्ब ९ करोड बेरुजु

परिमार्जनसहित रायपरामर्शका लागि अर्थमा पुग्यो संघीय निजामती सेवा विद्येयक

कुन मन्त्रालयको कति बेरुजु ३ बजेपछि

कसरी हुँदैछ कटौतीमा परेका मन्त्रालयका सचिवको व्यवस्थापन ? 

स्वास्थ्यदेखि खाद्य स्वच्छतासम्म एउटै मन्त्रालयको दायरामा, राजपत्रमा सार्वजनिक भयो ३७ बुँदे कार्यक्षेत्र

बिशेष