सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुर मन्त्रालयमा तानिएका छन् । उनलाई हिजो अर्थ मन्त्रालयमा तानिएको मन्त्रालयले जनाएको छ ।
बिज्ञापन
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र कुमार ठाकुरको समेत दीपक भट्ट र साहिल अग्रवाल समूहसँग कनेक्सन देखिएको भन्दै उनलाई जिम्मेवारीमुक्त गर्दै मन्त्रालयमा तानिएको अर्थ मन्त्रालयले पृष्टि गरेको छ । सम्पत्ति शुध्दिकरणअन्तर्गत हिमालयन रिइन्स्योरेन्ससहित थुप्रै बिमा कम्पनी को ठगीउपर छानविन सिलसिलामा हाल सानेपास्थित प्रहरी हिरासतमा रहेका बिचौलिया दिपक भट्ट र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकको कनेक्सन देखिएको बिषय सतहमा आएपछि उनलाई जिम्मेवारी मुक्त गरिएको अर्थ मन्त्रालयले जनाएको छ । विवादित हिमालयन रि ईन्स्योरेन्समा दिपक भट्ट, शाहिल अग्रवाल, सुलभ अग्रवाल, शेखर गोल्छा लगायत समूहको लगानी रहेको छ । सोही कम्पनीमा भट्टले अवैध कारोबार गरेको र सम्पत्ति सुद्धिरकण सम्बन्धी कसुर गरेको भन्दै विभागले नै अनुसन्धान गरिरहेको छ ।सोही हिमालयन रि ईन्स्योरेन्समा ठाकुरले श्रीमती राखी निहारिका ठाकुरको नाममा २० हजार कित्ता लिइएको पाइएको हो ।
बिचौलिया दीपक भट्टमाथि भइरहेको सम्पत्ति शुद्धिकरण अनुसन्धानको क्रममा झण्डै आधा दर्जन उच्च तहका कर्मचारीउपर निगरानी शुरु गरि केही उपर बयान समेत लिइसकेको अवस्थामा सम्पत्ति शुद्धीकरणका महानिर्देशक गजेन्द्र ठाकुरको पत्नी नै विवादस्पद् कम्पनीको शेयर होल्डर रहेको खुलेको छ ।
यही प्रकरणमा जोडिएका भन्दै आलोचित भएका आन्तरिक राजश्वका महानिर्देशक मदन दाहाल,महेश भट्टराई,महेश बरालसम्म जोप्रदेशमा खटाइएको छ । गजेन्द्र ठाकुर ७७ साल फागुन २१ मा पहिलो पटक सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक बनेर पुगेका थिए । पहिलो पटक उनी झण्डै सात महिना विभागका महानिर्देशक रहे । सोही समितिमा बीमा समितिले २०७८ जेठमा अनुमति दिएको र जालझेलको भूमिमा खडा गरिएको हिमालय रिइन्स्युरेन्समा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरको श्रीमति राखी निहारिका ठाकुरको नाममा २० हजार कित्ता संस्थापक शेयर लिएको कागजातबाट खुलेको छ । निहारिकाको शेयरधनी दर्ता, नागरिकता र मतदाता परिचयबाट यसको पुष्टि हुन्छ । हिमालयन रिमा भएको शेयरधनीको नागरिकता नम्बर र गजेन्द्र कुमार ठाकुरको श्रीमतिको नागरिकता नम्बर एकै रहेको भेटिएको छ । जतिबेला हिमालयन रिइन्स्योरेन्स दर्ता भएको थियो र अपारदर्शी तरिकाले अनुमति पाएको थियो, त्यतिबेला ठाकुर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक थिए ।
उनै ठाकुरलाई नयाँ सरकार बनेसँगै दोस्रो पटक ८२ साल असोज २१ मा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशको जिम्मेवारी दिएर खटाइएको थियो सात महिनामै उनलाई मन्त्रालयमा तानेर अतिरिक्त समूहमा राखिएको छ । एक कम्पनीमा उनले श्रीमतीको नामबाट लगानी गरेको खुलेसँगै मन्त्रालयले विभागको नेतृत्वबाट जिम्मेवारीमुक्त गरेको बताइएको छ । गत असोजदेखि उनी विभागको महानिर्देशकको भूमिकामा थिए ।































