लुम्बिनी अस्पतालको प्रमुखमा डा गौतम

लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा डा विष्णु गौतम नियुक्त भएका छन् । प्रदेश सरकारको हिजोको मन्त्रिपरिषद् बैठकले अर्को व्यवस्था नभएसम्मका लागि उनलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको छ । स्वास्थ्यमन्त्री खेम सारुले अन्तरिम व्यवस्थाका रुपमा डा।गौतमलाई मेसुको जिम्मेवारी दिइएको बताए ।

बिज्ञापन

डा.गौतम स्वास्थ्य सेवाको जनरल हेल्थ सर्भिस जहेस समूह अन्तर्गत ११ तहका वरिष्ठ चिकित्सक हुन् । लामो समयदेखि सरकारी स्वास्थ्य सेवामा आबद्ध रहँदै विभिन्न जिम्मेवारी सम्हालेको अनुभवका आधारमा उनलाई मेसुमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ । अस्पतालको व्यवस्थापन सुधार, सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले राखिएको बताइन्छ ।

बिज्ञापन

लुम्बिनी प्रदेशको सबैभन्दा ठूलो अस्पतालमा दैनिक २ हजार ५ सयदेखि ३ हजार बिरामीले सेवा लिने गरेका छन् । यसअघि मेसुको जिम्मेवारी डा।इन्द्र ढकालले सम्हाल्दै आएका थिए । तर, उनी आफ्नो दरबन्दी रहेको मधेस प्रदेश फर्किएपछि उक्त पद रिक्त भएको थियो ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

नयाँ संगठन तथा पद दर्ता प्रक्रिया सुरु: राष्ट्रिय कितावखानाले द्रुत प्रक्रियाबाट गर्‍यो २८३ पद दर्ता

खरिदार अधिकारी : असार महिनाको उत्कृष्ट कर्मचारी

‘करिअर डिप्लोम्याट’हरुको समयावधि अनिश्चितकालका लागि थप

जिल्ला प्रशासन कार्यालयका कर्मचारी मृत भेटिए

स्टोरमा जरा गाडेका कर्मचारी : विवरण मागियो, तर सरुवा हुन सकेन, आखिर कसको संरक्षण ?

प्रहरीको फरार,सरकार प्रमुखको प्यार

तीन सातामा अनलाइनबाटै १७ सय आवेदन,१७७ को सरुवा

१६ महिनापछि प्रदेशबाट संघमा फर्कदै यादव,भट्टराई प्रदेशबाट फेरि प्रदेशमै

बिशेष