अर्थमन्त्रीसँग ४ करोड ४० लाखको शेयर,१२ करोडको घरजग्गा

अर्थमन्त्री स्वर्णिम वाग्लेले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । अर्थमन्त्री वाग्लेले आज सार्वजनिक गरेको विवरण अनुसार,उनीसँग १२ करोड ७५ लाखको घरजग्गा रहेको जनाएका छन् । उनीसँग ललितपुरको सानेपा र भैँसेपाटी, काभ्रेको धुलिखेल र तनहुँको बन्दीपुरमा गरी चार चार ठाउँमा घर र जग्गा रहेको उल्लेख गरेका छन् ।

बिज्ञापन

ललितपुरको सानेपामा २ करोडको अपार्टमेन्ट, ललितपुरमा ५ करोडको, काभ्रेमा अपार्टमेन्ट ३ करोड ७५ लाख, तनहुँमा २ करोडको घर रहेको उल्लेख गरेका छन् । अर्थमन्त्री वाग्लेले बैंक ब्यालेन्स १ करोड ९० लाख रुपैयाँ रहेको उल्लेख गरेका छन् । उनको विभिन्न पाँच कम्पनीमा चार करोड माथिको शेयर रहेको विवरणमा उल्लेख छ ।

बिज्ञापन

जसमा सानिमा मिडल तमोर हाइड्रोको ७१ हजार ९३, सांग्रिला विकास बैंकको २५ हजार ७६२ कित्ता सेयर छ। नेशनल फण्ड म्यानेटमेन्ट लिमिटेड, ठूलो खोला, अपर मादी खोलाको गरी ९० लाख, ६० लाख, ३ करोड मूल्यको सेयर रहेको छ । उनले राष्ट्रिय वाणिज्य बैंकबाट ३८, स्ट्याडर्ड चार्टड बैंकबाट ७५ लाख, ग्लोबल आइएमइबाट १ करोड ५ लाख र व्यक्तिगत सापटीबाट २ करोड ५० लाख रुपैयाँ लिएको उल्लेख गरेका छन्।

जसमा राष्ट्रिय वाणिज्य बैंक र स्ट्याडर्ड चार्टड बैंकबाट ३८ लाख र ७५ लाख भने चुक्ता गरिसकेको उल्लेख गरेका छन्। अर्थमन्त्री वाग्लेले आफूसँग ४५ तोला सुन रहेको उल्लेख गरेका छन्। यस्तै अर्थमन्त्री वाग्लेसँग ४ करोड ५० लाखको शेयर र ४५ तोला गरगहना रहेको विवरणमा उल्लेख छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

ट्रेन्डिङ पोष्टहरू उपलब्ध छैनन्।

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

३० शाखा अधिकृतको पदस्थापन : २५ पुगे भन्सार विभाग,५ लाई आन्तरिक राजश्व

अब कर्मचारी सरुवाको आवेदनदेखि निर्णयसम्म अनलाइनबाटै

४ कर्मचारी कारबाहीको दायरामा, मन्त्रालयद्वारा स्पष्टीकरण माग

महानिर्देशकसहित पाँचै जनालाई धरौटीमा रिहा गर्न आदेश

नयाँ सरकार बनेको तीन महिनामै ५ सय ८४ कर्मचारीले दिए राजीनामा

कोशी प्रदेशमा स्तरोन्नत प्रादेशिक कर्मचारी सूचना प्रणाली सञ्चालन, सम्पत्ति विवरणदेखि एसएमएस सूचनासम्मका नयाँ सुविधा थप

सुशीलाले रोकेको पिए सुविधा व्युँताइयो,एक जनाले थाप्नेछन् ३ लाख १२ हजार

३ करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद

बिशेष