पृष्ठभूमि
बिज्ञापन
सार्वजनिक खरिद प्रक्रियालाई स्वच्छ, पारदर्शी र विश्वसनीय बनाउँदै सार्वजनिक वित्त व्यवस्थापनमा सुशासन कायम गर्न र बेरुजु न्यूनीकरण गर्न महत्त्वपूर्ण मानिने ुसोझै खरिद विधिु विधि प्राज्ञिक र कानुनी बहसमा भने सधैँ ओझेलमा पर्दै आएको छ। विशेषगरी ठूला खरिद प्रक्रियाहरू जस्तै बोलपत्र र सिलबन्दी दरभाउपत्रको तुलनामा यस विधिको कानुनी व्यवस्था अत्यन्तै संक्षिप्त हुनुले अभ्यासकर्ताहरूमा अन्योलता सिर्जना गरेको छ। विशेष परिस्थिति वा प्रोप्राइटरी जस्ता संवेदनशील प्रकृतिका खरिदहरू यसै विधि अन्तर्गत हुने भए तापनि सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) बाट यसका लागि पर्याप्त व्याख्या र समयसापेक्ष अद्यावधिक नमुना कागजात (SBD) उपलब्ध नहुँदा कार्यशैलीमा भिन्नता र अस्पष्टता बढ्न गएको देखिन्छ।
यस खरिद विधिको विद्यमान अन्योलतालाई चिर्दै बुझाइमा एकरूपता ल्याउनु आजको प्रमुख आवश्यकता हो, किनभने यो विधि समग्र खरिद चक्र बुझ्ने र दक्ष जनशक्ति तयार गर्ने’प्रयोगात्मक पाठशाला’अर्थात् प्रस्थान विन्दु हो। यस विधिको अभ्यासले कर्मचारीलाई वस्तुको स्पेसिफिकेसन तयार गर्नेदेखि लिएर बजार विश्लेषण मार्फत लागत अनुमान बनाउने, दरभाउपत्र माग गर्ने र तुलनात्मक तालिका तयार गर्ने सम्मका प्राविधिक तथा प्रशासनिक ज्ञान प्रदान गर्दछ। खरिद आदेश जारी गर्ने, प्राविधिक निरीक्षण गर्ने, जिन्सी दाखिला गर्ने र अन्तिम भुक्तानीसम्मको सम्पूर्ण (End to End) शृङ्खलाको व्यावहारिक अभ्यासले कर्मचारीलाई कानुनी उत्तरदायित्व बोध गराउनुका साथै भविष्यमा ठूला तथा जटिल प्रकृतिका बोलपत्रहरू सफलतापूर्वक व्यवस्थापन गर्न सक्ने दरिलो जग समेत बसाल्छ।


बिज्ञापन
३) निष्कर्ष
सोझो खरिद विधि सार्वजनिक निकायको कार्यक्षमता, वित्तीय सुशासन र आपत्कालीन सेवा प्रवाहको मापन गर्ने खरिद चक्रको महत्त्वपूर्ण आधारशिला हो। खरिद ऐन र नियमको सूक्ष्म पालना नहुँदा बेरुजु र आर्थिक अनुशासनहीनताको जोखिम रहने हुँदा यसलाई सामान्य रूपमा लिनु हुँदैन। बजार विश्लेषण, स्वस्थ प्रतिस्पर्धा र सही स्पेसिफिकेसनमार्फत सार्वजनिक स्रोतको अधिकतम प्रतिफल (Value for Money) सुनिश्चित गर्न सकिन्छ। तसर्थ, प्रविधिको प्रयोग (PAMS), कर्मचारीको क्षमता विकास, कानुनको अक्षरशः पालना र उच्च नैतिक आचरणको माध्यमबाट मात्र यस विधिलाई विवादरहित, मितव्ययी र पारदर्शी बनाई समग्र सार्वजनिक प्रशासनप्रति नागरिक विश्वास सुदृढ गर्न सकिन्छ।


































