सरकारले आर्थिक वर्ष २०८३/ ८४ को बजेट निर्माणका लागि औपचारिक प्रक्रिया अघि बढाएको छ । आगामी आर्थिक बर्षको बजेट लेखनका लागि सहसचिव उत्तर खत्रीको संयोजकत्वमा पाँच सदस्यीय टिम बनेको हो ।
बिज्ञापन
बजेट लेखन समितिको संयोजकको जिम्मेवारी पाएका खत्री, राजस्व व्यवस्थापन महाशाखा प्रमुख हुन । सो समितिमा अन्य महाशाखाका प्रमुखहरु सदस्य छन् । अर्थ मन्त्रालयका अनुसार सहसचिव डा सुमन दाहाल, धनिराम शर्मा, महेश भट्टाराई र सेवन्तक पोखरेल सदस्य रहेका छन् ।
जसमा दाहाल बजेट तथा कार्यक्रम महाशाखा प्रमुख हुन भने अन्तरराष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख धनीराम शर्मा, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश भट्टराई र वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख सेवन्तक पोखरेल रहेका छन् ।
राष्ट्रिय योजना आयोगले आगामी वर्षको लागि १८ खर्ब ९० अर्बको बजेट सिलिङ तोकेको छ।
बिज्ञापन


























