३ करोड जनसंख्या,६ करोड २० लाख खाता,निस्क्रिय खातामै १ खर्ब ८८ अर्ब रकम

बालेन्द्र शाह नेतृत्वको नवनिर्वाचित सरकारले शासकीय सुधार सम्बन्धी १ सय कार्यसूचीमा १० बर्ष वा सोभन्दा बढी समय निस्क्रिय रहेको बैंकखाताको बचत रकम ९० दिनभित्र राज्यकोषमा जम्मा गर्ने घोषणा गरेपछि आर्थिक क्षेत्रमा तरंग उत्पन्न भएको छ ।

बिज्ञापन

बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ अनुसार कुनै पनि बैंक खाता २० वर्षभन्दा बढी समय निष्क्रिय रह्यो भने त्यस्तो खातामा रहेको रकम बैंकिङ बिकास कोषमा जाने व्यवस्था गरेको छ । १० वर्षभन्दा माथि निष्क्रिय खाताको विवरण प्रत्येक आर्थिक वर्षको पहिलो महिनाभित्रै राष्ट्र बैंकमा बुझाउनुपर्ने व्यवस्था अहिले पनि छ । १० वर्षभन्दा बढी समयसम्म निष्कृय रहेका खातामा रहेको रकम राष्ट्र बैंकमा जम्मा गर्नुपर्ने प्रावधान रहेको हुँदा त्यस्तो कुल रकम १ खर्ब ८८ अर्बभन्दा बढी छ । जुन अहिले नेपाल राष्ट्र बैंकको निक्षेप सुरक्षण कोषमा जम्मा भएर बसेको छ । निष्क्रिय स्रोतको उपयोग तथा राजस्व सुधार गर्ने योजनाअन्तर्गत सरकारले यस्तो घोषणा गरेको जनाएको छ । तर, यसका लागि बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ संशोधन गर्नुपर्ने देखिन्छ ।

बिज्ञापन

देशभर वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी गरी ५३ वटा वित्तीय संस्था सञ्चालनमा छन् । यीमध्ये सबैभन्दा बढी निष्क्रिय रकम नेपाल बैंक लिमिटेडको छ । सरकारी लगानी रहेको नेपाल बैंकको २३ अर्ब ४७ करोड रुपैयाँ नेपाल राष्ट्र बैंकको निक्षेप कोषमा छ । दोस्रोमा राष्ट्रिय वाणिज्य बैंकको निष्कृय खाताको १७ अर्ब ६१ करोड रुपैयाँ छ । त्यस्तै, प्राइम कमर्सियल बैंकमा १६ अर्ब ७ करोड, नबिल बैंकमा १४ अर्ब १५ करोड, कृषि विकास बैंकमा १० अर्ब ७ करोड र प्रभु बैंकमा १० अर्ब रुपैयाँ निष्क्रिय रहेको तथ्यांक प्राप्त भएको छ । यस्तै विकास बैंकतर्फ मुक्तिनाथ विकास बैंकको निस्क्रिय खातामा ७ अर्ब ४२ करोड रुपैयाँ छ । यसैगरी ज्योति विकास बैंकको ५ अर्ब ९० करोड, सांग्रिला डेभलपमेन्ट बैंकको ५ अर्ब १६ करोड र लुम्बिनी विकास बैंकको ४ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । यता फाइनान्स कम्पनीतर्फ आइसीएफसी फाइनान्सको सबैभन्दा बढी १ अर्ब १० करोड निष्क्रिय रकम छ । यसैगरी सेन्ट्रल फाइनान्सको ४९ करोड ९३ लाख, गोरखा फाइनान्सको २४ करोड र गुडविल फाइनान्सको २० करोड रुपैयाँ निष्कृय रकम छ ।

नेपाल राष्ट्र बैंकका अनुसार,देशभर रहेका ५३ वटा बैंक तथा वित्तीय संस्थाको १ खर्ब ८८ अर्ब ३५ करोड ५ लाख ९२ हजार १९८ रुपैयाँ राष्ट्र बैंकमा जम्मा भएर बसेको छ । यसरी सर्वसाधरणको खातामा रहेको निस्क्रिय रकममा रास्वपा सरकारको आँखा लागेको हो । खातामा भएको रकम २० बर्षसम्म बुझ्न नआएमा मात्र कोषमा प्रयोग गर्न मिल्ने उल्लेख रहेकाले ऐन संशोधन नभएसम्म सरकारको निर्णय लागू हुन असम्भव देखिन्छ । नेपालमा खाता खोलेर बैदेशिक रोजगारीमा गएर दशकौं उतै बस्नेहरु छन् । वर्तमान सरकारले दश बर्षदेखि निस्क्रिय रहेको खाताको पैसा तान्ने प्रयास गरिरहेको छ । यसलाई आर्थिक कानुनका जानकारहरुले आर्थिक अपराध भनेका छन् ।

बिज्ञापन

अब भने सरकारले यस्तो व्यवस्थालाई २० को सट्टा १० मा झार्ने योजना बनाउँदैछ । र, यस्तो रकम राष्ट्र बैंकको कोषमा नभइ सरकारी कोषमा जाने व्यवस्था गरिनेछ । तर, यसका लागि कानुन नै संसोधन गर्नुपर्नेछ । साथै यस्तो पैसा खातावालाले मागेका बेला फिर्ता गर्नुपर्ने गरी कानुन बनाउनुपर्ने कानुनविद्हरू बताउँछन् ।

नेपालका वित्तीय संस्थाहरूमा हाल ६ करोड २० लाख खाता रहेकोमा १ करोड ९० लाख खाता निष्क्रिय रहेका छन् । यस्ता खातामा १ खर्ब ८८ अर्ब बराबरको रकम रहेको नेपाल राष्टर बैंकले जनाएको छ ।

संविधानको धारा २५ मा सम्पत्तिसम्बन्धी हकको व्यवस्था छ । व्यक्तिको सम्पत्ति सरकारले लिन नमिले पनि पछि फिर्ता गर्न मिल्ने गरी प्रयोग गर्न सक्ने देखिन्छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भागदौडको ट्रेलर सार्वजनिक

गृह वा अर्थ ताकेका सचिवको मधेश प्रदेशमा सरुवा

अश्लिल हर्कतको भिडियो सार्वजनिक भए पछि सिंहदरबारबाटै पक्राउ परे अधिकृत

अर्थका दुई ठूला विभागमा को बन्दैछन् महानिर्देशक ?

मेरिटका आधारमा ७७ लेखा अधिकृतहरुको पदस्थापन (सूचीसहित )

१५ सहसचिवको सरुवा, सूचीसहित

आयल निगममा बिनी श्रेष्ठको भूमिका विवादमा, कर्मचारी भन्छन्– ‘जहाँ बसिन्, त्यहीँ विवाद’

दुई सातामै ५ सहसचिव,३३ उपसचिव२९ शाखा अधिकृतसहित १४६ ले दिए राजीनामा

बिशेष