पहिलो पटक मेरिटका आधारमा ३० उपसचिवको सरुवा

अर्थ मन्त्रालयले पहिलो पटक मेरिटको आधारमा कर्मचारीहरुको सरुवा गरेको छ । गत १५ चैत्रको निर्णय अनुसार ३० उपसचिवहरुको सरुवा गरिँदा  मेरिटको आधारमा  खटन पटन गरेको हो ।

बिज्ञापन

यस अघि मन्त्री फेरिने वित्तिकै राजनीतिक आस्थाका आधारमा कर्मचारीको सरुवा हुँदै आएकोमा अर्थ मन्त्रीको कुर्सीमा स्वर्णीम वाग्ले पुगेसँगै पहिलो पटक मेरिटका आधारमा उपसचिवहरुको सरुवा गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

अर्थ मन्त्रालयका अनुसार,मेरिटका आधारमा अर्थात प्राप्ताङ्कका आधारलाई प्रथामिकता दिइ यस पटक उपसचिवहरुको खटन पटन गरिएको हो । विगतमा मन्त्री,नेता तथा विचौलियाहरुको परिक्रमा लगाएर आकर्षक कार्यालयमा पदस्थापन तथा सरुवा हुँदै आएकोमा यस पटक अबबल अंक प्राप्त गरेर उपसचिवमा उक्लिएका कर्मचारीलाई मेरिटअनुसार रोजेको र आकर्षक ठाउँमा पठाइएको हो । यस अनुसार सबैभन्दा अब्बल अंकसहित उपसचिवमा उक्लिएका कर्मचारीलाई उसैले रोजेको ठाउँमा खटाइएको हो भने दोस्रोले बाँकी २९ मध्येको ठाउँ छान्ने, तेस्रो हुनेले बाँकी रहेको २८ बाट छान्ने विधिअनुसार कर्मचारीहरुको खटन पटन गरिएको हो । जस अनुसार,राम प्रसाद चौरसियालाई उनैले रोजेको सुनसरी भन्सार कार्यालयमा खटाइएको छ । यस्तै,गोपाल भट्टराईलाई भन्सार विभाग,प्रमोद दासलाई सिरहा भन्सारमा पठाइएको छ ।
मन्त्रालयका अनुसार,कृष्ण प्रसाद न्यौपानेलाई आन्तरिक राजश्व कार्यालय,कृष्णनगर,केशव रघुवंशी,हिमलाल शर्मा,चक्र प्रसाद ढुंगनालाई आन्तरिक राजश्व विभाग,शर्मिला सुवेदी र माया पन्थीलाई भन्सार विभागमा खटाइएको छ ।
सूची अनुसार,हरि प्रसाद भण्डारीलाई पोखरा अन्तराष्ट्रिय विमानस्थल,भन्सार कार्यालयमा खटाइँदा सुरेन्द्र पाण्डेय भन्सार विभागमा पदस्थापन भएका छन् । यस्तै,जागेश्वर शर्मालाई सम्पत्ति शुद्धीकरण विभागमा खटाइँदा सबैले रोजेर बाँकी रहेका कार्यालयमा मेरिटका आधारमा पुच्छरमा रहेका कोपिला अर्याललाई आर्थिक मामिला योजना मन्त्रालय,लुम्बिनी प्रदेश,अम्बिका सुवेदी कञ्चनपुर भन्सार र विदुर चुडाललाई मुस्ताङ भन्सारमा खटाइएको अर्थ मन्त्रालयले जनाएको छ ।

अब अब्बल कर्मचारीहरुले मात्र रोजेको र आकर्षक भनिएको ठाउँमा पदस्थापन हुनसक्नेछन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अर्थका दुई महत्वपूर्ण विभाग निमित्तको भरमा,६ सहसचिवको दरबन्दी रिक्त

डिभी र पिआरधारी चार अधिकृतलाई १५ दिने स्पष्टीकरण

३० शाखा अधिकृतको पदस्थापन : २५ पुगे भन्सार विभाग,५ लाई आन्तरिक राजश्व

अब कर्मचारी सरुवाको आवेदनदेखि निर्णयसम्म अनलाइनबाटै

४ कर्मचारी कारबाहीको दायरामा, मन्त्रालयद्वारा स्पष्टीकरण माग

महानिर्देशकसहित पाँचै जनालाई धरौटीमा रिहा गर्न आदेश

नयाँ सरकार बनेको तीन महिनामै ५ सय ८४ कर्मचारीले दिए राजीनामा

कोशी प्रदेशमा स्तरोन्नत प्रादेशिक कर्मचारी सूचना प्रणाली सञ्चालन, सम्पत्ति विवरणदेखि एसएमएस सूचनासम्मका नयाँ सुविधा थप

बिशेष