सचिव सिग्देललाई भौतिक र सहरी दोहोरो जिम्मेवारी

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवको जिम्मेवारी गोपालप्रसाद सिग्देलले सम्हालेका छन्। लामो समयदेखि रिक्त रहेको उक्त पदमा नियुक्त भएका सिग्देलले सोमबार मन्त्रालयमा पुगेर औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्।
मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी ज्ञानराज लम्सालका अनुसार सिग्देललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगै शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ।

बिज्ञापन

मन्त्रिपरिषद्को गत चैत १३ गते बसेको बैठकले उनलाई दुवै मन्त्रालयको सचिवको जिम्मेवारी सम्हाल्ने गरी निर्णय गरेको थियो।
लम्सालका अनुसार सिग्देलले आजै मन्त्रालयमा उपस्थित भई पदभार ग्रहण गरेका हुन्। उनले अब भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालय दुवैको प्रशासनिक तथा नीतिगत कामकारबाही सम्हाल्नेछन्।

बिज्ञापन

गत चैत ९ गतेदेखि भौतिक पूर्वाधार मन्त्रालयमा सचिव पद रिक्त रहँदा मन्त्रालयका विभिन्न प्रशासनिक तथा निर्णय प्रक्रियामा केही असर परेको थियो। मन्त्रिपरिषद्को निर्णयसँगै सिग्देलले जिम्मेवारी सम्हालेपछि ती कामहरू अब नियमित रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।पदभार ग्रहणका क्रममा मन्त्रालयका कर्मचारीहरूले सिग्देललाई स्वागत गरेका थिए।

विवादै विवादका पात्र सचिव सिग्देल फेरि शक्तिशाली मन्त्रालयतर्फ : भौतिकमा छिर्न रास्वपासँग लबिङ

बिज्ञापन

रङ फेर्दै सत्ता नजिक : विवादित सचिव सिग्देल भौतिक मन्त्रालय ताक्दै

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आगामी आर्थिक वर्षमा १,९८५ निजामती कर्मचारी अनिवार्य अवकाशमा, २० सचिवस्तरका अधिकारी पनि बिदा हुने

३३४ माननीयलाई शाखा अधिकृत तहका स्वकीय,बार्षिक २४ करोड थप व्ययभार

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक,के के छन् एजेण्डा

सुशीलाले खारेज गरेको पीए सुविधा बालेन सरकारले व्युताँयो

बुढाखाडालाई जागिरमै राख्ने,नव युवालाई जागिरबाट निकाल्ने तयारी

पूर्वी नाकामा तस्करी ‘सेटिङ’को आशंका, दुई डीएसपीसहित ११ सशस्त्र प्रहरी कर्मचारी छानबिनमा

३ सचिवको दरबन्दी रहेको प्रधानमन्त्री कार्यालयमा ९ सचिव,पाँच अतिरिक्तमा

सूत्र प्रणालीले दिएको सास्ती

बिशेष