चलचित्र कलाकार संघमा दावाको दाबी

नायक तथा कलाकार दावा फिन्जो तामाङले यही चैत्र २८ गते हुने नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा केन्द्रीय कार्यसमिति सदस्यमा उम्मेदवारी दिने भएका छन

बिज्ञापन

समाजसेवा, कलासस्कृति तथा सिनेमा क्षेत्रमा लामो समयदेखि सक्रिय व्यक्ति हुन् ,दावा फिन्जो तामाङ । हिमाली जिल्ला रसुवाको गोल्जुङमा जन्मेका दावाले तामाङ भाषामा बनेका चलचित्रहरूमा उल्लेखनीय अभिनय गरेका छन् भने नेपाली भाषाका मुलधारका फिल्ममा पनि उल्लेखनीय योगदान पुर्याएका छ्न । नायक दावा फिन्जो तामाङ चलचित्र संघ, बागमती प्रदेशका अध्यक्ष समेत हुन् । यस्तै दावा फिन्जो कला, संस्कृति र सामाजिक अभियन्ताका रूपमा समेत सुपरिचित छन् । उनी कलाकारलाई एकजुट बनाउँदै , कलाकारको हकहितका निम्ति अगाडि बढ्ने सोचमा छन् ।

बिज्ञापन

कला यात्राको दौरानमा दावा कलाकारहरूको हक -हितमा सधैं लागि परिरहेका पनि छन् । राष्ट्रिय संगीतकर्मी सङ्घ बागमती प्रदेशका अध्यक्षमा रहेर दावाले खेलेको भुमिका विशेष छ । हाल उनी राष्ट्रिय संगीतकर्मी सङ्घ रसुवाका प्रमुख सल्लाहकारको भूमिकामा छन् । फिन्जो रसुवा जिल्लाको गोल्जुङ ४ मै जन्मिएर हुर्केका हुन् । उनले तामाङ फिल्महरू गोदेवा , केवा , तिङ्ला जो , टुहुरो ला ह्लुई , ड्राइभर च्याङ्वामा जोडदार अभिनय गरेका छन् । यस्तै नेपाली फिल्महरू मङ्गोलियन हर्ट , राम साईली , अभियान , झिल्के , यो मन ,धर्ममा पनि उम्दा अभिनय गरेर एक प्रतिभाशाली कलाकारको परिचय बनाएका छन् । उनले म्युजिक भिडियोहरू जाउ घुम्न रसुवा , माभर लेकको जङ्गल , गोल्डेनको साडीमा , माईली , आँखैमा गाजल , जुगल हिमाल , मनको पिडा , सेम्चा वाती लगायतमा मोडेलको रूपमा अभिनय गरेर राम्रो मोडेलको परिचय बनाएका छन् । उनी मुलतः नायक , मोडेल र निरन्तर सक्रिय कलाकार हुन् ।

उनी कलाकारहरूको सम्मान, सुरक्षा र भविष्य सुनिश्चित गर्न अनुभव, प्रतिबद्धतालाई सम्मान गर्दै देशभरीका कलाकर्मी एक बनाउनपर्छ भन्ने विचार राख्छन् ।सबै कलाकारहरूको अधिकार, अवसर र सम्मानको अभियान लागी आफूले उम्मेद्बारी दिएको बताउछन् । दावा कलाकार संघलाई एकताबद्ध, सशक्त बनाउनुपर्छ भन्ने धारणा राख्दै पनि आइरहेका छन् ।

बिज्ञापन

देश तथा बिदेशमा हुने चलचित्र सम्बन्धीको अवार्डहरुमा दावाले बेस्ट नायकको अवार्ड समेत हात परिसकेका छन । व्यवसायी अनुभवको कुरा गर्दा उनी नुपेरा मल्टीप्रपोज कम्पनीका संचालक श्यामु फेन्सीको संचालक र बाइसधारा फुड हाउसको पनि सन्चालक नै हुन । दावाले यो अबधिमा ५ दर्जनभन्दा बढी सम्मान पाइसकेका छन् । उनी २०६२ देखि कला क्षेत्रमा सक्रिय भएको बताउछ्न ।

थुप्रै नेपाली चलचित्र र तामाङ चलचित्रमा अभिनय गरेका कारण दावाको उम्मेदवारीले धेरै चलचित्रकर्मिहरु उत्साहित भएका छन । विशेषत तामाङ समुदायका चलचित्रकर्मीमा उत्साह छाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आठ विश्वविद्यालयले पाउँदैछन् नयाँ नेतृत्व

अनुभवी सचिवको खोजीमा मन्त्री

रास्वपा निर्वाचनमा गुटबन्दीको असर : पदाधिकारीमा असिमबाहेक सबै संस्थापन पक्षका

निजामतीमा राजीनामाको लहर : ९ दिनमै ७१ कर्मचारीको राजीनामा

कमलपोखरीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बाहिनी अभ्यास सम्पन्न

रास्वपा केन्द्रीय सदस्यमा पराजित भए श्रममन्त्री

महानिर्देशकले टेरेनन् बालेन सरकारको निर्देशन

गृहमन्त्रीको अम्लेटमा माछाको काँडा,सहायक सिडियोको खानामा सङ्खे कीरा

बिशेष