अर्थमन्त्री वाग्लेको पहिलो निर्णय : राजश्व अनुसन्धान विभागसहित १५ ऐन खारेज

अर्थमन्त्री स्वर्णीम वाग्लेले विभिन्न १५ ऐनहरु खारेज गर्ने निर्णय गरेका छन् । अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्दै स्वर्णिम वाग्लेले राजस्व अनुसन्धान विभाग सहित १५ ऐन खारेज गर्ने पहिलो निर्णय गरेका छन् । जसअन्तर्गत राजस्व अनुसन्धान लगायतका १५ वटा पुराना र असान्दर्भिक भइसकेका ऐनहरू खारेज गर्ने प्रक्रिया अघि बढाइनेछ ।

बिज्ञापन

पहिलो निर्णय नै उनले राजस्व अनुसन्धान विभाग खारेज गर्ने गरी गरेका छन्। उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ को प्रतिवेदनमा सिफारिस भएको राजस्व अनुसन्धान विभागलगायत १५ वटा ऐन खारेज गर्ने दोस्रो निर्णय छ।

बिज्ञापन

जस अनुसार  कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२,प्रशासकीय कार्यविधि ऐन, २०१३, क्षतिपूर्ति ऐन, २०१९, बिर्ता उन्मूलन ऐन, २०१६, बिर्तावालले बिर्तामा रकम लगाइ–लिन खान नपाउने ऐन, २०१५ विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१, सामाजिक व्यवहार सुधार ऐन, २०३३, नेपाली मुद्राको चलनचल्ती बढाउने ऐन, २०१४ र वित्तीय मध्यस्थताको काम गर्ने संस्थासम्बन्धी ऐन, २०५५ खारेज गर्ने निर्णय पनि वाग्लेले गरेका छन्

मन्त्री वाग्लेले सिंहरदरबारस्थित अर्थ मन्त्रालयमा कार्यभार सम्हाल्दै अर्थतन्त्रको वर्तमान अवस्थाको यथार्थ चित्रण सार्वजनिक गर्ने र पुराना, बाधक कानुनहरूलाई खारेज गर्ने निर्णय गरेका हुन् ।

बिज्ञापन

यस्तै सोही स्थितिपत्रको जगमा उभिएर निर्वाचनका बेला गरिएका वाचाहरू कार्यान्वयन गर्नका लागि १०० दिने, अर्धवार्षिक र वार्षिक कार्ययोजना बनाइनेछ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अर्थका दुई महत्वपूर्ण विभाग निमित्तको भरमा,६ सहसचिवको दरबन्दी रिक्त

डिभी र पिआरधारी चार अधिकृतलाई १५ दिने स्पष्टीकरण

३० शाखा अधिकृतको पदस्थापन : २५ पुगे भन्सार विभाग,५ लाई आन्तरिक राजश्व

अब कर्मचारी सरुवाको आवेदनदेखि निर्णयसम्म अनलाइनबाटै

४ कर्मचारी कारबाहीको दायरामा, मन्त्रालयद्वारा स्पष्टीकरण माग

महानिर्देशकसहित पाँचै जनालाई धरौटीमा रिहा गर्न आदेश

नयाँ सरकार बनेको तीन महिनामै ५ सय ८४ कर्मचारीले दिए राजीनामा

कोशी प्रदेशमा स्तरोन्नत प्रादेशिक कर्मचारी सूचना प्रणाली सञ्चालन, सम्पत्ति विवरणदेखि एसएमएस सूचनासम्मका नयाँ सुविधा थप

बिशेष