सरुवा भएको दुई महिना बित्दा समेत चिकित्सकले बुझेनन् रमाना

लहानस्थित प्रादेशिक अस्पतालबाट सरुवा भएका एक चिकित्सकले दुई महिनासम्म रमाना नलिएको पाइएको छ । गत माघ २ मै प्रादेशिक अस्पतालबाट सरुवा भएका आठौं तहका मेडिकल अधिकृत डा बृजेन्द्रकुमार साहले दुई महिना समय व्यतित हुँदासम्म रमाना नलिएको पाइएको हो ।

बिज्ञापन

मधेश प्रदेश स्वास्थ्य मन्त्रालयको निर्णयअनुसार जनरल हेल्थ सर्भिस अन्तर्गत आठौँ तहका मेडिकल अधिकृत डा साहलाई सिराहाको लहानस्थित राम कुमार शारदा उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालबाट सर्लाहीको प्रादेशिक अस्पताल मलंगवामा सरुवा गरिएको भए पनि दुई महिना समय बित्दा समेत सरुवा हुन अटेरी गरेको पाइएको छ । गत माघ २ गते सर्लाहीको मलंगवास्थित प्रादेशिक अस्पतालमा सरुवा गरेको गरिएको भए पनि सरुवा भएको ६० दिन बितिसक्दा समेत उनी रमाना नबुझि बसेको पाइएको हो । कानुनत कुनै पनि कर्मचारीले सरुवा भएको २१ दिनभित्र नयाँ ठाउँमा हाजिर हुनुपर्ने व्यवस्था गरेको छ ।

बिज्ञापन

मन्त्रालयका सचिव डा प्रमोद यादवले सरुवा भएपछि तोकिएको स्थानमा जानैपर्ने, नगएमा सम्बन्धित कर्मचारी स्वयं जिम्मेवार हुने प्रतिक्रिया दिएका छन् । उता लहानका केही स्थानीय बासिन्दाले भने डा साहमाथि अस्पतालमा पर्याप्त समय नदिएको आफ्नै क्लिनिकमा समय दिने गरेको बताउँदै आएका छन् । लहानमा उनले जीवन रक्षा अल्ट्रासाउन्ड खोलेका छन् । कार्यालय समयमा समेत उनी आफ्नै क्लिनिकमा भेटिने गरेको स्थानीयहरुको गुनासो छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

११ दिनदेखि सुरुङको मुखमा आशा : ‘मेरो छोरा जीवितै छ, उद्धार गरेर ल्याइदिनुस्’

सुरुङबाट तीन र घरको भग्नावशेषबाट एक महिला गरी चारको उद्धार,आशाको सञ्चार

बाढीले पुरिएको ११ औँ दिनपछि सशस्त्र प्रहरीद्धारा चण्डिका श्रेष्ठको जीवित उद्धार

१७ सयको मासु खान सक्नेले २१ सयको ग्यास महँगो भन्न मिल्दैन’ : आयल निगमका कार्यकारी निर्देशक साह

रसुवामा कार्यरत १२ स्वास्थ्यकर्मी अझैं सम्पर्कविहीन

कुमारी बैंकका सञ्चालकलाई कर्मचारी सञ्चयकोषको प्रशासक

महिला आयोगको अध्यक्षमाथि अनियमितताको आरोप,बन्यो संसदीय छानबिन उप समिति

गृहका १४ सहसचिव र ९ उपसचिवको सरुवा,फेरिए १४ जिल्लाको सिडियो

बिशेष