राष्ट्र बैंकमा दुवै डेपुटी गभर्नर पद रिक्त, नयाँ नियुक्ति प्रक्रिया अझै सुरु भएन

काठमाडौँ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रको पाँच वर्षे कार्यकाल सोमबारबाट सकिँदै छ। कार्यकाल पूरा गरेसँगै उनीहरू अनिवार्य अवकाशमा जाने भएका हुन्।

बिज्ञापन

राष्ट्र बैंकले सोमबार दुवै डेपुटी गभर्नरलाई औपचारिक कार्यक्रम गरी बिदाइ गर्ने तयारी गरेको छ। उनीहरूको अवकाशसँगै केन्द्रीय बैंकका दुवै डेपुटी गभर्नर पद रिक्त हुनेछन्। राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार सोमबार बिदाइ कार्यक्रम राखिएको छ भने नयाँ डेपुटी गभर्नर नियुक्ति प्रक्रिया भने हालसम्म सुरु भएको छैन।

बिज्ञापन

सरकारले २०७७ फागुन २५ गते तिम्सिना र मिश्रलाई डेपुटी गभर्नरमा नियुक्त गरेको थियो। नेपाल राष्ट्र बैंक ऐनअनुसार डेपुटी गभर्नरको कार्यकाल पाँच वर्षको हुने व्यवस्था छ।

डेपुटी गभर्नर नियुक्ति प्रक्रिया सुरु नभएको विषयमा राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले पनि पुष्टि गरेका छन्। उनका अनुसार हालसम्म नयाँ डेपुटी गभर्नर छनोट प्रक्रिया अघि बढाइएको छैन।

बिज्ञापन

यसअघि निर्वाचन आचारसंहिताका कारण सरकारले नियुक्ति प्रक्रिया अगाडि बढाउन नसकेको बताइन्छ। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निर्वाचन आयोगसँग परामर्श गरे पनि नियुक्ति प्रक्रिया अघि बढाइएको थिएन। अब भने नयाँ सरकारलाई नै डेपुटी गभर्नर नियुक्तिको जिम्मेवारी दिने तयारी अर्थ मन्त्रालयले गरेको स्रोतले जनाएको छ।

नेपाल राष्ट्र बैंक ऐनअनुसार डेपुटी गभर्नर नियुक्तिका लागि राष्ट्र बैंकका कार्यकारी निर्देशकमध्येबाट गभर्नरले तीन जनाको नाम सिफारिस गर्ने व्यवस्था छ। ती नाम अर्थ मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पेश गरिन्छ र मन्त्रिपरिषद्ले तीनमध्ये दुई जनालाई डेपुटी गभर्नरमा नियुक्त गर्ने प्रावधान छ।

डेपुटी गभर्नरहरू राष्ट्र बैंकको सञ्चालक समिति सदस्य रहने भएकाले पनि यो पदलाई महत्त्वपूर्ण मानिन्छ। साथै भविष्यमा गभर्नर बन्ने सम्भावित दाबेदारका रूपमा समेत डेपुटी गभर्नरलाई हेरिने भएकाले नियुक्ति प्रक्रियामा मन्त्रिपरिषद्ले विशेष चासो देखाउने गरेको छ।

हाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरू नयाँ डेपुटी गभर्नर बन्ने दौडमा रहेको बताइएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

११० कानुन संशोधन,एकै पटक १५३४ पदाधिकारी पदमुक्त

विधेयकमा आफ्नो माग नसमेटिए आन्दोलनमा उत्रने स्थानीय तहका कर्मचारीको चेतावनी

राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी,१२०० राजनीतिक नियुक्ति एकै झड्कामा खारेज

मापदण्ड विपरीत अर्थ मन्त्रालयकै कमर्चारीले गरे १११ गाडीको दुरूपयोग

सहसचिव सरुवामा स्वकीय हाबी,मुख्यसचिव निरीह

अर्थ मन्त्रालयका कर्मचारीलाई नयाँ आचारसंहिता : उपहार लिन रोक,कार्यालयमा सामाजिक सञ्जाल चलाउन निषेध

सहायकस्तरदेखि उपसचिव तहका १८ कर्मचारीको सरुवा

मापदण्डै छेडखानी गरेर विज्ञापन,’एस म्यान’लाई प्रमुख विकास आयुक्त बनाउने सचिवको दाउ

बिशेष