निर्वाचनमा खटिएका २ लाख २१ हजार कर्मचारीलाई शतप्रतिशत सुविधा, २० लाखसम्म बिमा

२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा दुई लाख २१ हजार कर्मचारी खटाइएको निर्वाचन आयोगले जनाएको छ । ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका २३ हजार ११२ केन्द्र र समानुपातिकमा मात्र मत हाल्ने १४३ अस्थायी केन्द्रमा गरी उक्त सङ्ख्यामा कर्मचारी खटाइएको आयोगले बताएको छ ।

बिज्ञापन

आयोगका अनुसार,पाँच सयभन्दा बढी मतदाता भएका केन्द्रमा नौ जना र ५०० भन्दा कम मतदाता भएका केन्द्रमा आठ जना कर्मचारी खटाइएको छ । २१ फागुनको बिहान ७ देखि बेलुकी ५ बजेसम्मलाई मतदान समय तोकिएकामा निर्वाचन आयोगले व्यवस्थापनमा मुख्य निर्वाचन अधिकृतदेखि सहयोगीसम्म गरेर २ लाख २१ हजार कर्मचारी खटाएको हो । आयोगका अनुसार,नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन प्रहरीबाट करिब ३ लाख ३९ हजार सुरक्षाकर्मी निर्वाचनमा खटाइएको छ ।

बिज्ञापन

आयोगका अनुसार निर्वाचनमा संघका कर्मचारीलाई प्रथामिकतामा राखिएको छ । त्यसपछि प्रदेशका कर्मचारी र स्थानीय तहका कर्मचारीलाई प्रथामिकतामा राखेर खटाइएको छ । केही ठाउँमा मात्र यस पटक शिक्षकहरुलाई खटाइएको आयोगले जनाएको छ ।

आयोगका अनुसार,निर्वाचनमा खटिएका कर्मचारीहरुको २० लाखको वीमा गरिएको छ । निर्वाचन आयोगले राष्ट्रिय बीमा कम्पनीसँग निर्वाचनमा खटिने कर्मचारीहरूको २० लाखको दुर्घटना बीमा गरेको छ।गत पुस १३ गते आयोगले २ लाख १३ हजार १ सय ६१ कर्मचारीको १५ दिनदेखि ९० दिनसम्मको बीमा गरेको हो। निर्वाचन प्रयोजनका लागि २ लाख २१ हजार बढी कर्मचारीहरू खटिएको भएपनि २ लाख १३ हजार कर्मचारीहरूको वीमा वापत राष्ट्रिय वीमा कम्पनीलाई ९ करोड रूपैयाँ दिइएको आयोगले जनाएको छ ।

बिज्ञापन

आयोगले निर्वाचन आयोगका सबै पदाधिकारी, आयोगको सचिवालयमा कार्यरत कर्मचारी, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय कर्मचारी जसमा काज, स्थायी र कराका कर्मचारीहरु समेत वीमा गराएको जनाएको छ ।

आयोग, आयोगअन्तर्गतका ७७ जिल्ला कार्यालय तथा १६५ निर्वाचन अधिकृतको कार्यालयमा खटिने कर्मचारीलाई सुरु तलबस्केलको शतप्रतिशतसम्म निर्वाचन सुविधा उपलब्ध गराइनेछ। अतिरिक्त समयमा काम गर्ने कर्मचारीलाई खाजाखाना खर्चसहित सुविधा दिइनेछ भने मतदान केन्द्र तथा सुरक्षा अनुगमनमा खटिने घुम्ती टोलीका कर्मचारीलाई दैनिक भत्ता प्रदान गरिने व्यवस्था छ। आयोगका अनुसार दैनिक भत्ताअनुसार मतदान अधिकृतलाई दुई हजार पाँच सय रुपैयाँ, सहायक मतदान अधिकृतलाई दुई हजार रुपैयाँ, सहायक कर्मचारीलाई एक हजार ६ सय रुपैयाँ तथा सहयोगी कर्मचारी र स्वयंसेवकलाई जनही एक हजार दुई सय रुपैयाँ उपलब्ध गराइनेछ। यसभित्र प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) पनि पर्दछन्।

२१ फागुनमा समानुपातिकतर्फ १ सय १० र प्रत्यक्षतर्फका १ सय ६५ सिटमा मतदान हुँदै छ । मतदानमा समानुपातिकतर्फ ६३ राजनीतिक दलका ३ हजार १ सय ३५ जना उम्मेदवार र प्रत्यक्षतर्फ ६५ दलका ३४ सय ४ जना उम्मेदवार निर्वाचन प्रक्रियामा सामेल छन् । निर्वाचन आयोगका अनुसार मतदाता सूचीमा १ करोड ८९ लाख ३ हजार ६ सय ८९ जनाको नाम समेटिएकामा पुरुष मतदाता ९६ लाख ६३ हजार ३ सय ५८, महिला मतदाता ९२ लाख ४० हजार १ सय ३१ र अन्य मतदाता संख्या २ सय जना छन् । आयोगका अनुसार,स्थायी मतदानस्थल १० हजार ९ सय ६७ र अस्थायी मतदानस्थल १ सय ४३ वटा तोकिएमा ४ हजार ४ सय १४ अति संवेदनशील, ४ हजार ४ सय ४२ संवेदनशील र २ हजार २ सय ५४ मतदानस्थललाई सुरक्षा जोखिमका हिसाबले सामान्य सूचीमा समेटिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

महानिर्देशकसहित पाँचै जनालाई धरौटीमा रिहा गर्न आदेश

नक्कली प्रज्ञापनपत्र बनाएर भेप तस्करी : सात बर्ष कैद हुनुपर्ने प्रतिवादी छुटे धरौटीमा

सरुवालाई अवसरमा बदल्दै लोमन्थाङमा सेवा र पर्यटन प्रवर्द्धनमा जुटे सुब्बा पशुपति पोखरेल

बीवाईडी काण्डपछि भन्सार विभागका महानिर्देशक भण्डारी तानिए, नयाँ महानिर्देशकमा सहसचिव पाण्डे

भन्सारका महानिर्देशक मन्त्रालय तानिए,निमित्तको जिम्मेवारी पाण्डेलाई

कार्यसम्पादनमा खरो उत्रन नसकेका मन्त्रीहरु रेडजोनमा

राहदानी विभागको महानिर्देशकमा विक

अख्तियारले फेला नपारेका माओवादी सत्ताका तरमारा सहसचिव राना एक वर्षदेखि लापत्ता, प्रधानमन्त्री सचिवालयको संरक्षण

बिशेष