निर्वाचनमा खटिएका भन्सार कर्मचारीको दुर्घटनामा परेर मृत्यु

मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु भएको छ । मुस्ताङ भन्सार कार्यालयका कर्मचारी ३२ वर्षीय सुनिल घतानेको थासाङ गाउँपालिका–२, खन्तीमा ग ७ प १४८६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको हो ।

बिज्ञापन

आइतबार राति ८ बजे दुर्घटनामा परेर गम्भीर भएका घतानेको उपचारका लागि प्रदेश अस्पताल मुस्ताङ ल्याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायव उपरीक्षक छिरिङकिप्पा लामाले जनाएकी छिन् । प्रदेश अस्पताल मुस्ताङका प्रमुख डा समीक्षा कँडेलका अनुसार, दुर्घटना भएको भन्दै लिएर आएका व्यक्तिको अस्पताल आइपुग्दा मृत्यु भइसकेको थियो ।

बिज्ञापन

कोबाङको खन्ती बजारमा भएको मोटरसाइकल दुर्घटनामा परेर घाइते भएकालाई उपचारका लागि प्रदेश अस्पताल मुस्ताङ पुर्‍याइएको थियो । अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेका हुन् ।

घताने फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–२ को झोङमा निर्वाचनका लागि खटिएका थिए । जनप्रिय आधारभूत विद्यालय झोङ मतदान केन्द्रमा खटिएका कर्मचारीको मृत्यु भएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनको सट्टामा अर्को कर्मचारी खटाएको जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

शाखा अधिकृत र उपसचिव तहका माग आकृति फाराम पठाउन परिपत्र,१२ असोजसम्म समयसीमा

सीडीई सरुवा चलखेलमा मुछिएका डिजी तानिए मन्त्रालयमा

खारेज भएका कार्यालय धमाधम ब्यूँताइदैं,विभागहरु पूरानै मन्त्रालयमा सारिँदै

उपसचिवको सरुवामा उस्तै मनपरी : मन्त्रालयमा कार्यरत कर्मचारीको विभागबाट सरुवा,कहाँबाट लिने रमाना ?

३७ शाखा अधिकृतको सरुवा : २५ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिृकत फेरिए

४२ उपसचिवको सरुवा : फेरिए १५ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरु

रुद्रसिह तामाङ सचिवमा बढुवा

बिशेष