मध्यपूर्व क्षेत्रका ९ देशमा तनाव हुँदा नेपालका २१ उडान रद्ध,हजारौं यात्रु अलपत्र

मध्यपूर्व क्षेत्रमा बढ्दो तनाव र हवाई क्षेत्र प्रतिबन्धका कारण डेढ दर्जन हवाइ उडान रद्द भएका छन्। खाडी मुलुकमा विशेषगरी नेपालीहरू वैदेशिक रोजगारमा जाँदै आएका छन् ।दोहा, दुवई कुवेत, अबुधाबी, कतार, दमामलगायतका विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने डेढ दर्जन उडान रद्द गरिएको छ । जसका कारण टिकट लिएर विमानस्थल पुगेका यात्रहरू अलमलमा परेका हुन् ।

बिज्ञापन

मध्यपूर्वमा हिजोदेखि सुरु भएको तनावका कारण नेपाली श्रमिकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अलपत्र परेका छन् । हिजो दिउँसोदेखि मध्यपूर्वका सबै उडान बन्द हुँदा यात्रुहरू विमानस्थलमै अलपत्र परेका हुन् ।प्राधिकरणका अनुसार हिजोमात्र कम्तिमा १८ वटा हवाइ उडान प्रभावित भएका थिए भने आज यी देशमाबाट नेपालमा उडान हुने र नेपालबाट जाने सात वटा वायुसेवाका कम्तिमा २१ वटा उडान प्रभावित भएको छ ।

बिज्ञापन

अन्तर्राष्ट्रिय उडानका वायुसेवाले उडान गर्न नसक्दा त्रिभुवन विमानस्थबाट हुने ४० वटा अन्तर्राष्ट्रिय उडानको तालिकामा अधिकांश रद्द भएको विमानस्थलले जनाएको छ । जसमा नेपाल एयरलाइन्सको तीन वटा उडानहरू काठमाडौंदेखि दमाम, काठमाडौंदेखि दोहा र काठमाडौंदेखि दुबई उड्ने उडान रद्द भएका थिए। यी फ्लाइटमा ५०० यात्रु रहेका थिए । यस्तै कतार एयरलाइन्सको चार वटा फ्लाइट रद्द हुँदा करिब ८०० यात्रु प्रभावित भएका छन् भने फ्लाइ दुबईको पनि चार वटा उडान रद्द हुँदा करिब ६०० यात्रु प्रभावित भएको प्राधिकरणले जनाएको छ। यस्तै, त्यसैगरी एयर अरबियाको शारजाह जाने दुई वटा फ्लाइटका करिब ३०० यात्रु, दमाम जाने हिमालय एयरलाइन्स ३ वटा फ्लाइटका करिब ५०० यात्रु र कुवेत जाने दुई वटा फ्लाइटमा ३०० गरी हिजो एकै दिन ३ हजार यात्रु प्रभावित भएका थिए । आज पनि उतिकै संख्याका उडान रद्ध हुने र हजारौं यात्रुहरु विमानस्थलमा अलपत्र पर्ने स्थिति देखिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सम्पत्ति शुद्धीकरण प्रकरणले गृहमन्त्री घेरिए: विवादित कम्पनीमा शेयर खुलेपछि लामिछाने निवासमा ‘रातको दौड’

सामान्यभित्र ‘रैथाने’ कर्मचारीको साम्राज्य : ८ वर्षसम्म नहल्लिने कर्मचारीमाथि प्रधानमन्त्रीको आँखा

अब सरकारी कर्मचारीले महिनामा दुईचोटि तलब पाउने

बिचौलिया दीपक भट्टसँग गृहमन्त्री सुधन गुरुङको ‘बीमा कनेक्सन’ : एउटै कम्पनीमा २५ लाख बराबरको सेयर

प्रधानमन्त्री कार्यालयमा ‘डन’को साम्राज्य: १३ वर्षसम्म एउटै कार्यालयमा, बालेनले मागे विवरण

२ सचिव र ४६ सहसचिव लामो समयदेखि एउटै मन्त्रालयमा {विवरणसहित}

मैनालीको नियति भोग्दै बुर्लाकोटी

सम्पत्ति शुद्धीकरणको ‘राडार’मा अर्थका आधा दर्जन सहसचिव

बिशेष