इरानमा अमेरिका र इजरायलको आक्रमण : कति सुरक्षित छन् त्यहाँ नेपाली ?

इजरायल र इरानबीच आक्रमण सुरु भएपछि खाडी क्षेत्रको सुरक्षा अवस्थालाई लिएर चिन्ता बढेको छ । यसैबीच इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु भएको पुष्टि भएको छ । हिजो अमेरिका र इजरायलले धेरै इरानी शहरहरूमा आक्रमण गरेका थिए । अमेरिका र इजरायलको आक्रमणबाट इरानमा कम्तिमा १३३ जना नागरिकको मृत्यु भएको र २०० भन्दा बढी घाइते भएको अन्तराट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बिज्ञापन

यो हमलाको मारमा खाडी मुलुकमा रहेका झण्डै २० लाख नेपाली श्रमिकहरु प्रत्यक्ष मारमा परेका छन् । खाडी क्षेत्रमा मात्रै कार्यरत नेपालीको संख्या करिब १९ लाख रहेको छ ।

बिज्ञापन

सबैभन्दा बढी संयुक्त अरव इमिरेट्समा ९ लाख, साउदी अरबमा ३ लाख ८४ हजार, कतारमा ३ लाख ६० हजार, कुवेत १ लाख ७५ हजार, बहराइन ३० हजार र ओमान २५ हजार कार्यरत छन् । इराकमा २५ हजार, इजरायलमा ५ हजार, लेबनानमा १ हजार नेपाली रहेका छन् ।

यसैबीच परराष्ट्र मन्त्रायलले इरानमा रहेका सम्पूर्ण नेपाली सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । विभिन्न प्रयोजनमा इरानमा रहेका १२ जना नेपालीमध्ये दुई जना नेपाल आइसकेका छन् । आठ जना नेपाली अझै इरानमै छन् । उनीहरू सबै जना सुरक्षित छन् । उनीहरूसँग नेपाली दूतावास निरन्तर सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

बिशेष