निर्वाचनमा खटिएका कर्मचारीलाई घरबाटै खाना खाएर आउन निर्वाचन कार्यालयको सूचना

जिल्ला निर्वाचन आयोगको कार्यालय खोटाङले निर्वाचनमा खटिएका कर्मचारीहरुलाई घरैबाट खाना खाएर आउन सूचना नै जारी गरेको छ ।

बिज्ञापन

कार्यालयले फागुन २१ को निर्वाचनका लागि खटिएका कर्मचारीहरूबीच खानाको विषयलाई लिएर अन्योल भएको भन्दै औपचारिक रुपमा सूचना नै जारी गरेको हो ।

बिज्ञापन

जिल्ला निर्वाचन अधिकारी रविन मगरका अनुसार, निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन आउँदा खाना खाएर आउने कि नखाई भन्ने विषयमा कर्मचारीहरूबाटै व्यापक जिज्ञासा उत्पन्न भएपछि कार्यालयले खाना खाएरै आउन सूचना जारी गरेको हो ।

सूचनामा भनिएको छ,आगमी फागुन १४ र १५ गते बिहान ८ः३० बजेदेखि कार्यक्रम सुरु हुने भएकाले सबै सहभागीलाई घरबाटै खाना खाएर उपस्थित हुने व्यहोरा स्पष्ट पारिन्छ ।’

बिज्ञापन

बिहानको खाना घरैबाट खाएर आउन भनिए पनि दिउँसोको खाजा भने जिल्ला निर्वाचन कार्यालयले नै उपलब्ध गराउने सूचनामा उल्लेख छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

करार कर्मचारी व्यवस्थापनको मन्त्रिपरिषद् निर्णयको स्वागत, संघर्षमा साथ दिने सबैप्रति आभार

प्रशासन सेवाका ४२,इन्जिनियरिङका १४ सहित यी ८७ सहसचिव जाँदैछन् घर

घान्द्रुकले सिकाएको मौनताको दर्शन(नियात्रा)

सार्वजानिक खरिद ऐन संशोधनपछि निर्माण व्यवसायी उत्साहित, आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा

विदेशी विनिमय अवचलनको अनुसन्धानदेखि उपचार विवादसम्म मुछिएका डा. जितेन्द्र परियारलाई सिभिल अस्पतालको नेतृत्व दिलाउन शक्तिकेन्द्रको दौडधुप ?

सेनाको ‘व्याकअप’ तयार गर्दै सरकार, विद्यार्थीलाई सैन्य तालिम,नियुक्तिमा सेनाका पूर्व अधिकारी

प्रदेशका १२ कर्मचारी बढुवा सिफारिस

पाँच मन्त्री हटाइँदै

बिशेष