अवकाशअघि सचिवको ‘ठूलो चलखेल’ : सुईहरूको सरुवा सूची तयार, कसलाई च्याप्ने कसलाई पेल्ने ?

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय ले सहसचिव तहका सुपरिटेन्डेन्ट इन्जिनियर (सुई) हरूको व्यापक सरुवाको गृहकार्य अघि बढाएको छ। मन्त्रालय स्रोतका अनुसार सचिव केशव शर्मा बिडारी चैतमा अनिवार्य अवकाशमा जानुअघि नै निर्वाचन सम्पन्न भएलगत्तै सरुवा सूची सार्वजनिक गर्ने तयारीमा छन्।

बिज्ञापन

मन्त्रालयभित्रै ‘पावर सेन्टर’ को सन्तुलन मिलाउने गरी सरुवा गर्न लागिएको चर्चा छ। वैदेशिक महाशाखामा रहेका अर्जुन अर्याललाई योजना महाशाखामा पठाइने लगभग निश्चित भएको छ। संभार महाशाखामा रहेका श्याम खड्कालाई पुल महाशाखातर्फ सार्ने तयारी छ।

बिज्ञापन

संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंका शुभराज न्यौपानेलाई एडिबीमा पठाउने तयारी गरिएको छ भने पोखरामा रहेका नरेन्द्र सुवेदीलाई हालकै स्थानमा निरन्तरता दिने संकेत छ। दमकका विनोद मौवारलाई सोही कार्यालयमै राख्ने वा संभार महाशाखा तान्नेबारे अन्तिम निर्णय हुन बाँकी छ। सुर्खेतका ज्ञानेन्द्र झालाई भने यथास्थान राखिने स्रोतको दाबी छ।

योजना महाशाखाका प्रभात झालाई राष्ट्रिय सतर्कता केन्द्र पठाउने तयारी रहेको छ। मन्त्रालयको वरियतामा उनी महानिर्देशक डाक्टर विजय जैसी पछिका सिनियरमध्येका हुन् र ‘वेटिङ डिजी’ का रूपमा हेरिँदै आएका छन्। तर मन्त्रीस्तरबाट कर्णालीमा बहुवर्षीय बजेट राख्न दिइएको भनिएको दबाबपछि उनी बाहिरिने मनस्थितिमा पुगेका बताइन्छ। झाले भने सतर्कता केन्द्र रिक्त रहेकाले त्यहाँ जान इच्छा देखाउँदै सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिएको बताएका छन्।

बिज्ञापन

हुलाकी आयोजना निर्देशनालयमा रहेका कुबेर नेपालीलाई त्यही ‘पेलिने’ सम्भावना छ। लामो समयदेखि पेलानमा परिएका पुल महाशाखामा रहेका ललितजन खनाललाई मन्त्रालयअन्तर्गत जलमार्ग आयोजना वा सडक सुरक्षा आयोजनामध्ये कुनै एकमा खटाइने चर्चा छ। हरिकुमार पोखरेललाई रेल विभागमै निरन्तरता दिने तयारी छ।

दोहोरो जिम्मेवारीमा रहेका दीप बाराही को गुणस्तर अनुसन्धान तथा विकास केन्द्र को जिम्मेवारी खोसिएको छ भने मदन भण्डारी आयोजना निर्देशनालय बाट उनलाई संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँ पठाउने चर्चा रहेको छ।

यता एडिबी आयोजनाको जिम्मेवारीमा जानका लागि अधिकांश सुईहरूको दौडधुप तीव्र बनेको छ। कुबेर नेपाली, ललितजन खनाल, हरिकुमार पोखरेल, श्याम खड्का र अर्जुन अर्यालबीच प्रतिस्पर्धा चर्किएको बताइन्छ। एडिबीमा पोस्टिङलाई ‘पावर र प्रोजेक्ट’ दुबै हिसाबले आकर्षक मानिन्छ।

मन्त्रालय स्रोत भन्छ— केही सुईहरूलाई ‘च्याप्ने’ र केहीलाई ‘भित्तामा पुग्ने गरी पेलिने’ शैलीमा सरुवा हुने संकेत देखिएको छ। सचिव अवकाशअघि हुने यो निर्णयले विभागीय शक्ति सन्तुलनमा कस्तो प्रभाव पार्छ, त्यो भने सरुवा सूची सार्वजनिक भएपछि मात्रै स्पष्ट हुनेछ। भौतिक मन्त्रालयमा भएको विकृतिबारे थप अर्को अङ्कमा ।

पाँच करोडको अडियोले हल्लियो भौतिक मन्त्रालय, अख्तियार किन मौन?

विवादित सिडीई उल्टै पृरस्कृत : सीमित ठेकेदारलाई पोस्दै ७ प्रतिशतसम्म कमिसन लिने गरेको गम्भीर आरोप

विवादित सिडिई जयसवालमाथि कारबाही किन हुँदैन, मन्त्री चौलागाईं मौन किन ?

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सम्पत्ति शुद्धीकरण प्रकरणले गृहमन्त्री घेरिए: विवादित कम्पनीमा शेयर खुलेपछि लामिछाने निवासमा ‘रातको दौड’

सामान्यभित्र ‘रैथाने’ कर्मचारीको साम्राज्य : ८ वर्षसम्म नहल्लिने कर्मचारीमाथि प्रधानमन्त्रीको आँखा

अब सरकारी कर्मचारीले महिनामा दुईचोटि तलब पाउने

बिचौलिया दीपक भट्टसँग गृहमन्त्री सुधन गुरुङको ‘बीमा कनेक्सन’ : एउटै कम्पनीमा २५ लाख बराबरको सेयर

प्रधानमन्त्री कार्यालयमा ‘डन’को साम्राज्य: १३ वर्षसम्म एउटै कार्यालयमा, बालेनले मागे विवरण

२ सचिव र ४६ सहसचिव लामो समयदेखि एउटै मन्त्रालयमा {विवरणसहित}

मैनालीको नियति भोग्दै बुर्लाकोटी

सम्पत्ति शुद्धीकरणको ‘राडार’मा अर्थका आधा दर्जन सहसचिव

बिशेष