वीरगञ्जमा लाग्यो अनिश्चितकालीन कर्फ्यु

पर्साको वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु लागेको छ। दुई समुदायबीच विवाद बढ्दै गएपछिजिल्ला प्रशासन कार्यालय पर्साले पछिल्लो सुरक्षा वस्तुस्थितिलाई मध्यनजर गरि कर्फ्यु लगाएको हो । जिल्ला प्रशासन कार्यालय,पर्साले वीरगञ्ज महानगरपालिकाभित्र कर्फ्यु आदेश जारी गरेको छ ।

बिज्ञापन

वीरगन्जको श्रीपुरमा आइतबार राति सवारी साधन पार्किङको सामान्य बिषयमा विवाद बढ्दै गएपछि उक्त विवाद दुई समुदायको बिवादमा परिणत हुन पुगेको थियो । उक्त घटनामा करिब आधा दर्जन व्यक्ति सामान्य घाइते भएका थिए । रातिनै एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

स्थानीय प्रशासनले आज बिहान पौने १० बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लगाइएको हो । पूर्वमा बाइपास रोड,पश्चिममा सिर्सिया नदी,उत्तरमा गण्डक चोक, दक्षिणमा शंकराचार्य गेटसम्म कर्फ्यु लगाइएको हो ।
पर्साको प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार,कर्फ्यु अवधिभर सो क्षेत्रभित्र आवतजावत्, भेला, जुलुस, प्रदर्शनलगायतका क्रियाकलाप गर्न पाइने छैन । स्थानीय प्रशासनले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रका देहायका चार किल्ला तोकी सो सीमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरेको हो । सो अवधिभर अत्यावश्यक सवारी साधन, एम्बुलेन्स, दमकललगायतको सञ्चालनमा सुरक्षाकर्मीले सहजीकरण गर्ने प्रशासनले जानकारी दिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

खाजा – खानामै पालिकाले खर्चियो ८० लाख,इ रिक्सा अनुगमनमा सात लाख

‘मेरिट’को आश्वासन, पूराना सत्ताबाट लाभ लिएकाहरुकै गज्जबको दौडधूप

तल्ला तहका कर्मचारीलाई स्पष्टीकरणदेखि निलम्बन,सहसचिवलाई संरक्षण

मन्त्रीका लागि मागिएको एनटीएनसीको गाडी कहाँ पुग्यो ? मन्त्रालयको अभिलेखमै छैन, प्रयोगकर्ताबारे पनि अन्योल

सामान्यका दुई कर्मचारी बर्खास्त,अध्ययन बिदामा विदेश हराउनेको खोजी तिव्र

कर्मचारीहरू कोही बिदा बस्दै, केही राजीनामा दिँदै

निजामती विद्येयकमा ३०- ५५ प्रावधानबारे सांसदको प्रश्न,मन्त्रीको अस्पष्ट जबाफ

शाखा अधिकृत,सब इन्जिनियर,लेखापालसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

बिशेष