प्रतिनिधि सभा निर्वाचनका लागि धनकुटामा एक हजार दुई जना कर्मचारी खटाइने भएको छ । एक मात्रै निवाचन क्षेत्र रहेको धनकुटामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले १ हजार २ कर्मचारी खटाउने भएको हो । मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र इङ्नामका अनुसार १ सय ६६ मतदान केन्द्रमा उपसचिव र शाखा अधिकृत र अधिकृत छैठौं तहका कर्मचारीलाई मतदान अधिकृतको रुपमा खटाइएको छ ।
बिज्ञापन
धनकुटामा ११९ मतदानस्थलमा १६६ मतदान केन्द्र र जिल्ला कारागार र गोकुण्डेश्वर माविमा गरि २ वटा अस्थायी मतदान केन्द्र तोकिएका छन् । अस्थायी मतदान केन्द्रमा कारागारमा कैदीबन्दी र गोकुण्डेश्वर माविमा निर्वाचनमा नखटिएका कर्मचारी तथा सुरक्षा कर्मीले मतदान गर्ने छन् । जहाँ समानुपातिकको मात्रै मत खस्नेछ । प्रत्येक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत र तीन सहायक कर्मचारी र एक सहयोगी गरी ६ जना घटाइने भएको छ ।
यसैबीच धनकुटामा रहेका १ सय ६६ मतदान केन्द्रमध्ये एक मतदान केन्द्रमा महिला कर्मचारीले मात्रै निर्वाचन सम्पन्न गराउने जिम्मा पाएका छन् ।
धनकुटा नगरपालिका–६ स्थित बहुउदेश्य सामुदायिक भवन आँखा अस्पताल ‘क’ मतदान केन्द्रमा सबै कर्मचारी महिला खटाइएको छ । उक्त मतदान केन्द्रको मतदान अधिकृतमा इन्दिरा खड्कालाई तोकिएको छ । उपसचिव खड्का शिक्षा विकास तथा समन्वय इकाइ धनकुटाकी प्रमुख हुन् । त्यस्तै, सहायक मतदान अधिकृतमा निलुशा अधिकारी र सहायक कर्मचारीमा रिता पाण्डे, रमा ढुंगाना र अम्बिका राई रहेकी छिन् भने सहयोगी कर्मचारीमा सीता राईलाई खटाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
बिज्ञापन
धनकुटा जिल्लामा कुल एक लाख १८ हजार ४ सय २५ जना मतदाता रहेका छन् । जसमा महिला मतदाता ५८ हजार ९ सय ४२ जना र पुरूष मतदाता ५९ हजार ४ सय ८३ जना छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनकुटामा १४ राजनितिक दलका र ३ जना स्वतन्त्र गरि १७ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।


























