केन्द्रीय बैंकले भेट्यो तीन बैंकमा गम्भीर कैफियत : कारवाहीमा परे अध्यक्षदेखि सिइओसम्म

नेपाल राष्ट्र बैंकले तीन वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/ ८३ को दोस्रो त्रैमासिक अवधिमा नियम उल्लंघन गर्ने एनआईसी एशिया, ग्लोबल आइएमई र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकलाई कारबाही गरेको हो ।

बिज्ञापन

राष्ट्र बैंकका अनुसार बैंकका तत्कालीन अध्यक्ष तुलसीराम अग्रवाल र तत्कालीन प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई जनही दुई लाखका दरले नगद जरिवाना तिराएको छ ।
राष्ट्र बैंकका अनुसार पटक पटक उल्लंघन गर्नुका साथै लिखित आदेशको समेत पालना नगरेको पाइएपछि नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० बमोजिम बैंकका तत्कालीन अध्यक्ष अग्रवाल र तत्कालीन सीईओ न्यौपानेलाई नगद जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ । ग्लोबल आइएमई बैंकको २०८२ सालमा गरिएको स्थलगत निरीक्षणमा गम्भीर कैफियत भेटिएको राष्ट्र बैंकले जनाएको छ। बैंकले पर्याप्त कर्जा नोक्सानी व्यवस्था (प्रोभिजनिङ) कायम नगरेको, कर्जा पुनरतालिकीकरण तथा पुनर्संरचना सम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना नगरेको र कोर बैंकिङ प्रणालीमा चुक्ता भइसकेको कर्जालाई पुरानै ‘भ्यालु डेट’ राखी पुनः सिर्जना गर्न सक्ने प्राविधिक कमजोरी रहेको पाइएसँगै ती बैंकका सीईओलाई सचेत गराइएको छ।

बिज्ञापन

ग्लोबल आइएमइ बैंकका सिइओको कुर्सीमा अहिले सुरेन्द्रराज रेग्मी रहेका छन् । उनी गत ८१ भदौंदेखि सो बैंकको सिइओको भूमिकामा रहेका छन् । तत्कालीन प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको कार्यकाल सकिएसँगै बैंक सञ्चालक समितिले रेग्मीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । उनी पछिल्लो १७ बर्षदेखि ग्लोबल आईएमई बैंकमा कार्यरत छन् ।

त्यस्तै, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सिइओ विगत १३ बर्षदेखि ज्योती पाण्डे कार्यरत छन् । बाफिया ऐनको दफा २९ को उपदफा २ मा भनिएको छ, ‘कार्यकारी प्रमुखको कार्यकाल बढीमा चार वर्षको हुनेछ । र निज अर्को एक कार्यकालका लागि पुनः नियुक्त हुन सक्ने व्यवस्था घुसाइएको छ । तर सो ऐन विपरित नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सिइओको कुर्सीमा छन्,ज्योतिप्रकाश पाण्डे । उनी १३ बर्षदेखि बैंकको सिइओको कुर्सीमा छन् ।

बिज्ञापन

सो बैंकले कर्जा सुरक्षणसम्बन्धी कागजातमा ग्राहकको सहिछाप नगराई धितोले खामेकोभन्दा बढी कर्जा प्रवाह गरेको, स्प्रेड दर २ प्रतिशत बिन्दुभन्दा बढी कायम गरेको तथा त्रैमासको अन्तिम महिनामा नयाँ अल्पकालीन कर्जा प्रवाह गरी सो रकम पुरानो ऋण असुलीमा प्रयोग गरेको पाइएको छ। यी गम्भीर प्रावधान उल्लंघनपछि बैंकको सञ्चालक समिति र सीईओ दुवैलाई सचेत गराइएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

४७ उपसचिवको सरुवा : २३ लाई पठाइयो नगरपालिका, स्थानीय तहबाट १८ आए संघीय मन्त्रालय

वीवाइडीले कर छलेको पृष्टि : रसुवा भन्सारमा १९ करोड २७ लाख दाखिला

छोरीलाई बाँच्न देऊ

प्रशासनका २३,इन्जिनियरिङतर्फका २,कृषि १ सहित २७ सहसचिवको सरुवा

निजामती सेवा : सुशासनको मेरुदण्ड,जनभरोसाको आधार

नागार्जुनमा भत्ताको ब्रह्मलुट : दुई कर्मचारीले चार वर्षमै बुझे करोडौं

काभ्रेलाई नसर्ने रोग नियन्त्रणको राष्ट्रिय सिकाइ केन्द्र बनाउने १३ पालिकाको प्रतिबद्धता

तीन महिनाको काज, आठ वर्ष देखि निर्देशक श्रेष्ठको जेपी कोइरालामा ‘राज’

बिशेष