त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्था कडा,२० डिएसपीको कमाण्डमा टोली परिचालन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशद्वार आसपासको क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौँ फर्किन लागेका छन्।

बिज्ञापन

अहिले गेटबाहिर राजावादीहरूले प्रदर्शन गरेका छन् । पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतको लागि भेला भएका उनीहरूले प्रदर्शन गरेका हुन् । उनको स्वागतमा राजतन्त्र समर्थकले प्रदर्शन गर्ने भएपछि विमानस्थल क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको हो।

बिज्ञापन

राजावादी समूहले दिउँसो १२ बजेपछि पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं विमानस्थलमा अवतरण भएपछि स्वागत गर्ने कार्यक्रम तय गरेको छ । त्यसैले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनलमा पनि सुरक्षा बढाइएको हो ।  पूर्व राजा समर्थकहरूले उनलाई विमानस्थलमा स्वागत गर्ने तयारी गरेका छन् । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेला भएर भव्य स्वागत गर्न आव्हान गरेका छन् ।

सुरक्षा योजना अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि निर्मल निवास सम्मको रुटमा २० जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरू खटाइएको छ । फिल्डको कमान्ड जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले गरिरहेका छन् ।

बिज्ञापन

जिल्ला प्रशासन कार्यालय, काठमाडौँले विमानस्थल आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञा लगाएको भए पनि राजतन्त्र समर्थक विमानस्थल प्रवेशद्वार क्षेत्रमा भेला हुन थालेका छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

औषधि व्यवस्था विभागको निमित्त महानिर्देशकमा शिवानी खड्गी

नायब सुब्बाको बढुवा दरखास्तको म्याद थप

२४ घण्टाभित्रै सवारी साधनको विवरण उपलव्ध गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन

ओएनएमको राष्ट्रिय मापदण्ड मन्त्रिपरिषद्बाट स्वीकृत,यस्ता छन् अरु सात निर्णय

नयाँ सरकार बनेको तेस्रो साता, तेस्रो वैदेशिक ऋृण स्वीकार

पूर्व न्यायधीशको संयोजकत्वमा सम्पत्ति जाँचबुझ अयोग गठन

नेपालको हुलाक सेवाको पुनर्संरचना: बालेन सरकारका लागि अवसर

लेखापाल,लेखा अधिकृतदेखि प्रदेशका सचिवसहित १६ विरुद्ध भ्रष्टाचार मुद्धा

बिशेष