सहसचिव लम्साललाई पुर्नवीमा अध्यक्षको जिम्मेवारी

पाँच महिना अगाडि पुर्नवीमा कम्पनीको अध्यक्षको जिम्मेवारी पाएका सुरेन्द्र कुमार पौडेल भ्रष्टाचार मुद्धा लागेर निलम्बनमा परेसँगै पुर्नवीमा कम्पनीको अध्यक्षको जिम्मेवारी अर्थका सहसचिव अमृत लम्साललाई दिइएको छ ।  नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संचालक समितिका अध्यक्ष अमृत लम्सालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलद्वारा लम्सालले शुक्रबार प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

बिज्ञापन

भन्सार विभागका उपमहानिर्देशक रहेका लम्साललाई अर्को व्यवस्था नभएसम्मका लागि सरकारले नेपाल पुनर्बीमा कम्पनीको संचालक समितिको अध्यक्ष तोकेको हो । शपथ ग्रहण कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी, नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतलगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

बिज्ञापन

यस अघि नेपाल पुनर्बिमा कम्पनी लिमिटेडका अध्यक्ष सुरेन्द्रकुमार पौडेल जिम्मेवारीमा थिए । उनीविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएसँगै स्वत निलम्बनमा परेसँगै त्यहाँ लम्साललाई नियुक्त गरिएको हो । पौडेललाई २० भदौ २०८२ भदौ २० मा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षमा चार वर्षका लागि नियुक्त गरेका थिए।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

महिनौंदेखि गृहको अतिरिक्त समूहमा ६ सहसचिव : झापा,दोलखासहित चार जिल्ला सिडियोविहिन

बिशेष