कम्युटर अपरेटर,लेखा- प्रशासन प्रमुखदेखि मेसुविरुद्ध भ्रष्टाचार मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान अस्पतालका मेसुसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बिज्ञापन

आयोगले प्रादेशिक अस्पतालका कार्यालय सिरहाका प्रमुखहरूका साथै तत्कालीन प्रशासन प्रमुख,लेखा प्रमुख,अहेव,कम्युटर अपरेटरसहित १० जनालाई प्रतिवादी बनाएर विशेषमा मुद्धा दायर गरेको हो । अस्पतालको टिकट काउन्टरबाट संकलन भएको राजस्व रकम हिनामिना गरेको आरोपमा तत्कालीन कार्यालय प्रमुख डा नागेन्द्र प्रसाद यादव र डा सरोज यादवसहित तत्कालीन प्रशासन प्रमुख अशोक कुमार सिंह, तत्कालीन लेखा प्रमुख अशोक कुमार यादव तथा विल काउन्टरमा कार्यरत कर्मचारीहरू श्याम कुमार मण्डल, रोशन कुमार यादव, सरस्वती कुमारी यादव, अजय कुमार मण्डल र पुजा कुमारी यादवका अलवा तत्कालीन लेखा प्रमुख रत्न प्रसाद मण्डलको मृत्यु भइसकेको भए पनि उनले हिनामिना गरेको सरकारी रकम असुल उपर गर्ने प्रयोजनका लागि कानुन बमोजिम उनकी श्रीमती मुस्कान कुमारी मण्डललाई समेत प्रतिवादी बनाइएको छ । यस्तै अशोककुमार सिंह र लेखा प्रमुख अशोककुमार यादव, अहेव श्यामकुमार मण्डल, कम्प्युटर अपरेटर पूजाकुमारी यादव, सरस्वतीकुमारी यादव, अजयकुमार मण्डल, लेखा प्रमुख रत्नप्रसाद मण्डलकी श्रीमती मुस्कानकुमारी मण्डललाई पनि प्रतिवादी बनाएको छ ।

बिज्ञापन

आयोगका अनुसार आर्थिक वर्ष २०८०/ ८१ मा अस्पतालका ८ वटा विल काउन्टरबाट संकलन भएको सेवा शुल्क बापतको रकम बैंकमा दाखिला नगरी हिनामिना गरिएको पाइएको छ । अनुसन्धानका क्रममा सफ्टवेयर अभिलेखमा देखिएको आम्दानी र बैंकमा जम्मा गरिएको भौचर भिडान गर्दा ३८ लाख ७७ हजार ७ सय २४ रुपैयाँ ८३ पैसा फरक परेको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

६३ उपसचिवको सरुवा ४९ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी,१३ लाई खटाइयो जिसस

पहिलो पटक मेरिटका आधारमा ३० उपसचिवको सरुवा

सचिव सिग्देललाई भौतिक र सहरी दोहोरो जिम्मेवारी

अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा

प्रधानमन्त्री शाहको १०० बुँदे सुधार कार्यान्वयनमा मधेश प्रदेश सक्रिय

पाँच मन्त्रालय गाभिँदा आधा दर्जन सचिवको दरबन्दी कटौती,उच्च प्रशासकको निदहराम

प्रधानमन्त्री बालेन्द्रद्वारा सतर्कता केन्द्र सचिवलाई ठाडो चेतावनी: “दैनिक २० उजुरी फर्चोट नगरे राजीनामा दिनुस्”

नयाँ सरकारले कहाँ कहाँ गर्दैछ नियुक्ति ?

बिशेष