सुदन गुरुङलाई पीएसओ दिन स्थानीय प्रशासनद्धारा अस्वीकार

जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बाट प्रतिनिधि सभा उम्मेदवार बनेका सुदन गुरुङलाई पीअएओ दिन नसक्ने बताएको छ ।

बिज्ञापन

फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी गोरखाको निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका सुदनलाई सुरक्षा थ्रेट बढेको भन्दै रास्वपाको गोरखास्थित जिल्ला समिति सचिव मिलन रानाले पत्र लेख्दै पीअसओसहितका सुरक्षा व्यवस्था माग गरिएको थियो । उनले लेखेको पत्रमा
विभिन्न गोप्य सूचनाअनुसार हातहतियारसहित केही व्यक्तिहरूको समूहबाट व्यक्तिगत रूपमा सुदन गुरुङलाई सुरक्षा थ्रेट बढेको हुँदा आवश्यक पीएसओसहित सुरक्षा व्यवस्था प्रदान गरिदिनुहुन अनुरोध गरिएको थियो ।

बिज्ञापन

तर स्थानीय प्रशासनले निजी सुरक्षा गार्ड दिन अस्वीकार गरेको छ । जिल्ला प्रशासन कार्यालय, गोरखाले तत्काल त्यस्तो अवस्था नरहेको जनाउँदै पिएसओ उपलब्ध गराउन नसकिनेबारे प्रष्ट्याएको हो ।

तर, रास्वपाले दावी गरेजस्तो सुरक्षा थ्रेट नरहेको निश्कर्षका आधारमा सिडिओ कार्यालयले प्रहरी नदिने निर्णय गरेको हो । जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार पिएसओको मागसहित निवेदन परेलगत्तै हिजो जिल्लास्थित सुरक्षा संयन्त्रले आवश्यक अध्ययन गरेका थिए । सोक्रममा गुरुङसहित कसैलाई पनि थ्रेट नभएको निष्कर्ष निकालेको हो । सो सँगै स्थानीय प्रशासनले सुदनलाई पीएसओ दिन नसकिने निष्कर्ष निकालेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सुदन गुरुङलाई पीएसओ दिन स्थानीय प्रशासनद्धारा अस्वीकार

डेढ लाख घुससहित रंगेहात पक्राउ परे इन्जिनियर

निर्वाचन खर्च ६ प्रतिशतले बढाइयो,हालसम्म ६ अर्ब ३६ करोड निकासा

यी हुन ठेक्का ओगट्ने,काम नगर्ने ९ निर्माण कम्पनी

एउटै सरकारी अड्डा,उही दर्जाका दुई हाकिम

३० बर्षमा १ हजार १ सय ९५ कर्मचारी परे विभागीय कारवाहीमा

सरकारी कर्मचारीद्वारा आचारसंहिता उल्लङ्घन, निर्वाचन कार्यालयले सोध्यो स्पष्टीकरण

प्रतिनिधिसभा निर्वाचन आचारसंहिताः राजनीतिक नैतिकता, उत्तरदायित्व र सुशासनप्रतिको सामूहिक प्रतिबद्धताको प्रतीक 

बिशेष