‘सचिवस्तरीय’ निर्णयबाट भएको आधा दर्जन कर्मचारी सरुवा ‘मन्त्रीस्तरीय निर्णयले बदर

डेढ महिना अगाडि सरुवा भएका कर्मचारीहरुको सरुवा नवनियुक्त मन्त्रीले उल्टाइदिएका छन् । अघिल्लो महिनाको २२ गते नियुक्त भएका कोशी प्रदेशका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बूले मन्त्रालय सम्हालेको साता दिनमै आठौं तहका ६ कर्मचारीहरुको सरुवा उल्टाइदिएका हुन ।

बिज्ञापन

कोशी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले सचिवस्तरीय निर्णयबाट मंसिर १७ गते विभिन्न अस्पताल, स्वास्थ्य कार्यालय र आयुर्वेद स्वास्थ्य केन्द्रहरूमा कार्यरत ३९ जना कर्मचारीको सरुवा गरिएकोमा आधा दर्जनको सरुवा मन्त्रीले बदर गरिदिएका हुन ।

बिज्ञापन

अघिल्ला स्वास्थ्यमन्त्री भुपेन्द्र राईको कार्यकालमा भएको ‘सचिवस्तरीय’ निर्णयलाई ‘मन्त्रीस्तरीय’ निर्णयबाट सरुवा बदर गरिदिएका हुन । निजामती सेवा ऐनअनुसार सचिवले गरेको सरुवालाई मन्त्रीले सोझै बदर गर्ने प्रावधान छैन ।

सामान्यतयाः सचिवले गरेको प्रशासनिक निर्णय उल्ट्याउने अधिकार मन्त्रीलाई हुँदैन तर लिम्बूले कानुन र विधिभन्दा माथि रहेर ६ जना कर्मचारीको सरुवा रद्द गर्ने पत्र थमाएपछि अहिले त्यहाँ राजनीतिक र प्रशासनिक लफडा शुरु भएको छ ।

बिज्ञापन

प्रदेशका स्वास्थ्य सचिव डा यदुचन्द्र घिमिरे बिदामा बसेको मौका छोपेर मन्त्रीले आधा दर्जन कर्मचारीको सरुवा बदर गरिदिएका हुन । यसरी सरुवा बदर गर्न सफल कर्मचारीहरुमा यस अघि सोलुखुम्बुबाट ओखलढुंंगा सरुवा भएका केशव ढुंगाना सरुवा बदर गरी सोलुखुम्बुमै फर्कन सफल रहेका छन् भने जिल्ला अस्पताल सुनसरीमा सहायक अधिकृत (छैटौँ) पदमा कार्यरत राजकुमार मेहतालाई स्वास्थ्य कार्यालय धनकुटामा सरुवा गरिएकोमा सरुवा बदर गर्दै जिल्ला अस्पताल सुनसरीमै कायम गरिएको छ । यस्तै सोही अस्पतालमा छैटौँ तहमा कार्यरत नारायणप्रसाद खनाललाई स्वास्थ्य कार्यालय उदयपुरमा पठाइएकोमा उनको समेत सरुवा रद्ध गरेका छन्,मन्त्रीले । जिल्ला अस्पताल उदयपुरमा मेडिकल रेकर्डर सुपरभाइजर पदमा कार्यरत सुरेश कुमार पाण्डेलाई जिल्ला अस्पताल भोजपुरमा खटाइएको थियो, तर उनलाई सो स्थानबाट डेढ महिना नै नपुगी मन्त्री लिम्बूले जिल्ला स्वास्थ्य कार्यालय धनकुटा खटाएका छन् । यस्तै स्वास्थ्य कार्यालय धनकुटामा ल्याब टेक्निसियन निरीक्षक (छैटौँ) पदमा कार्यरत विनोद गुरागाईंलाई स्वास्थ्य कार्यालय सोलुखुम्बुमा सरुवा गरिएको थियो । मन्त्री लिम्बूले भने सोलुखुम्बुबाट डेढ महिनामै पुनः काज सरुवा गर्दै उनलाई धनकुटा जिल्ला अस्पताल ल्याएका छन् । यस्तै स्वास्थ्य कार्यालय उदयपुरमा कार्यरत गणेशप्रसाद भट्टराईलाई यसअघि जिल्ला स्वास्थ्य कार्यालय सुनसरी पठाइएको थियो । मन्त्री लिम्बूले उनलाई पनि पुनः उदयपुरमै कायम गरिदिएका छन् ।

यसरी २२ पुसमा मन्त्री नियुक्त भएका लिम्बुले जिम्मेवारी सम्हाल्नु अघि सचिवस्तरीय निर्णयबाट सरुवा भएका ३९ अधिकृतस्तरका कर्मचारीहरुमध्ये आधा दर्जन कर्मचारीको सरुवा मन्त्रिस्तरीय निर्णयबाट बदर गरिदिएका हुन । मन्त्रीले आधा दर्जन कर्मचारीहरुलाई सरुवा बदरको पत्र थमाइसकेका छन् ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निर्वाचन आचारसंहिताकै बीच नियामक निकायमा धमाधम नियुक्ति

‘सचिवस्तरीय’ निर्णयबाट भएको आधा दर्जन कर्मचारी सरुवा ‘मन्त्रीस्तरीय निर्णयले बदर

विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन

गृहमा अनेकन मनपरी : सहसचिवहरु जगेडामा,तालिम नलिएका कर्मचारीलाई धमाधम सिडियो

कर्मचारी सरुवामै चुनावी सरकारको ध्यान,निर्वाचन आचारसंहिता लाग्दा समेत सचिव सरुवा

पुनरावेदकको मागदावी पुग्ने अदालतको ठहर पछि यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

निर्वाचन खर्चको अनुगमन :विधी र व्यवहार

उपत्यकाका १२ निर्वाचन क्षेत्रको कमाण्ड महिलाको काँधमा

बिशेष