वीमा प्राधिकरणले पायो पहिलो महिला अध्यक्ष,अर्थका सहसचिवहरु भन्छन् “अचम्मै भयो”

नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा सचिव चन्द्रकला पौडेललाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव पौडेललाई सो जिम्मेवारी दिने निर्णय गरेको हो ।

बिज्ञापन

यस अघि बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिवहरुले सम्हाल्दै आएकोमा सरकारले नेपाल सरकारका सचिव चन्द्रकला पौडेललाई प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको हो ।अर्थभन्दा बाहिरभन्दा र सचिव तहकै कर्मचारीलाई प्राधिकरणको अध्यक्ष बनाएर अन्तरिम सरकारले खटन पटन गरेसँगै अर्थका केही सहसचिवहरुले अचम्मै भएको प्रतिक्रिया दिएका छन् ।

बिज्ञापन

बीमा ऐन, २०७९ को दफा ७ को १ मा समितिको अध्यक्ष नियुक्तिको लागि नेपाल सरकारसमक्ष नाम सिफारिस गर्न राष्ट्रिय योजना आयोगको सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा मन्त्रालयका सचिव र बीमा क्षेत्रसँग सम्बन्धित विशेषज्ञ सदस्य रहेको एक समिति रहने र सो समितिले सिफारिस गरेको तीन जना व्यक्तिबाट मन्त्रिपरिषद् बैठकले एक जनालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्न सक्ने व्यवस्था छ ।

हाल जनक राज शर्माले आएकोमा उनलाई हटाएर सचिव चन्द्रकला पौडेललाई प्राधिकरणको अध्यक्षको रुपमा नियुक्ति गरिएको हो । यसअघि गत असोज ९ गतेको मन्त्रिपरिषद् बैठकले जनकराज शर्मालाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा अर्थकै सहसचिव सेवन्तक पोखरेललाई अध्यक्षमा नियुक्त गरेको थियो । उनीभन्दा अघि सहसचिव मदन दाहाल वीमा प्राधिकरणका अध्यक्ष चलाएका थिए,करिब दुई महिना । उनीभन्दा अघि सूर्य सिलवाल प्राधिकरणका अध्यक्ष थिए । घर जाने समयमा नागरिकता लगायतका फण्डा लागेर उनी निलम्बनमा परेका थिए । त्यस समयमा शरद ओझालाई प्राधिकरणको अध्यक्ष नियुक्त गरिएको थियो तर योग्यता सम्बन्धी विवाद र कीर्ते प्रकरणमा मुछिएर उनी निलम्बनमा परे,जुन मुद्धा सर्वाेच्चमा अझैं विचराधिन छ ।

बिज्ञापन

सरकारले पहिलो पटक अर्थ मन्त्रालय भन्दा बाहिरबाट वीमा प्राधिकरणको अध्यक्ष पठाएको छ । चन्द्रकला वीमा प्राधिकरणको पहिलो महिला अध्यक्ष बनेर रेकर्ड राख्न सफल भएकी छिन् । उनलाई अर्को व्यवस्था नभएसम्मका लागि सञ्चालक समिति अध्यक्षको कामकाज गर्ने गरी जिम्मेवारी दिने निर्णय भएको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जनाएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

बिशेष