खेलकुद विकास परिषद्को सदस्यसचिवमा तीन जनाको नाम सिफारिस

कर्णाली खेलकुद विकास परिषद्को सदस्यसचिवमा तीन जनाको नाम सिफारिस गरिएको छ ।

बिज्ञापन

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका सचिव धोलकराज ढकाल संयोजकत्वको छनोट समितिले आज अन्तर्वार्तामा सहभागी १० जनाको सूचीमध्येबाट वीरेन्द्रनगर नगरपालिका–७ का रवीन्द्र चन्द, भेरीगङ्गा नगरपालिका–४ का दीपक हमाल र वीरेन्द्रनगर–५ का प्रमोद हमालको नाम सिफारिस गरेको हो ।

बिज्ञापन

कर्णाली खेलकुद विकास परिषद् सदस्यसचिव छनोटसम्बन्धी मापदण्ड–२०८२ को दफा ७ बमोजिमको मूल्याङ्कनबाट प्राप्त गरेको अङ्क र दफा ८ बमोजिम अन्तर्वार्तामा हासिल गरेको अङ्कसमेतका आधारमा उनीहरूको योग्यताक्रम कायम हुन आएकाले दफा ९ बमोजिम सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेशमा सिफारिस गरिएको छ ।

मन्त्रालयले २०८२ मङ्सिर ९ गते परिषद् सदस्यसचिव सिफारिसका लागि दरखास्त आह्वान गरेको थियो । उक्त सूचनाबमोजिम सदस्यसचिव पदका लागि २१ जनाको निवेदन परेको थियो । शैक्षिक योग्यता र अनुभवसम्बन्धी कागजात मूल्याङ्कनअनुसार यही पुस ३० गते १० जनाको नामसहितको सूची सार्वजनिक गरिएको थियो ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

घान्द्रुकले सिकाएको मौनताको दर्शन(नियात्रा)

सार्वजानिक खरिद ऐन संशोधनपछि निर्माण व्यवसायी उत्साहित, आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा

विदेशी विनिमय अवचलनको अनुसन्धानदेखि उपचार विवादसम्म मुछिएका डा. जितेन्द्र परियारलाई सिभिल अस्पतालको नेतृत्व दिलाउन शक्तिकेन्द्रको दौडधुप ?

सेनाको ‘व्याकअप’ तयार गर्दै सरकार, विद्यार्थीलाई सैन्य तालिम,नियुक्तिमा सेनाका पूर्व अधिकारी

प्रदेशका १२ कर्मचारी बढुवा सिफारिस

पाँच मन्त्री हटाइँदै

हङकङबाट फिर्ता भएका लेखकलाई गृह,सञ्चार र कानुन सचिवको जिम्मेवारी

१ सचिव,५ सहसचिवसहित ८७ कर्मचारीको दरबन्दी कटौती

बिशेष