कर्णाली खेलकुद विकास परिषद्को सदस्यसचिवमा तीन जनाको नाम सिफारिस गरिएको छ ।
बिज्ञापन
कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका सचिव धोलकराज ढकाल संयोजकत्वको छनोट समितिले आज अन्तर्वार्तामा सहभागी १० जनाको सूचीमध्येबाट वीरेन्द्रनगर नगरपालिका–७ का रवीन्द्र चन्द, भेरीगङ्गा नगरपालिका–४ का दीपक हमाल र वीरेन्द्रनगर–५ का प्रमोद हमालको नाम सिफारिस गरेको हो ।
कर्णाली खेलकुद विकास परिषद् सदस्यसचिव छनोटसम्बन्धी मापदण्ड–२०८२ को दफा ७ बमोजिमको मूल्याङ्कनबाट प्राप्त गरेको अङ्क र दफा ८ बमोजिम अन्तर्वार्तामा हासिल गरेको अङ्कसमेतका आधारमा उनीहरूको योग्यताक्रम कायम हुन आएकाले दफा ९ बमोजिम सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेशमा सिफारिस गरिएको छ ।
मन्त्रालयले २०८२ मङ्सिर ९ गते परिषद् सदस्यसचिव सिफारिसका लागि दरखास्त आह्वान गरेको थियो । उक्त सूचनाबमोजिम सदस्यसचिव पदका लागि २१ जनाको निवेदन परेको थियो । शैक्षिक योग्यता र अनुभवसम्बन्धी कागजात मूल्याङ्कनअनुसार यही पुस ३० गते १० जनाको नामसहितको सूची सार्वजनिक गरिएको थियो ।
बिज्ञापन


























