संकटमा स्वास्थ्य वीमा : बीमा कार्यक्रमबाट बाहिरियो शिक्षण अस्पताल

नेपाल सरकारले शुरु गरेको स्वास्थ्य वीमा कार्यक्रम संकटमा परेको छ ।

बिज्ञापन

वीमा वोर्डले अर्बाैको भुक्तानी अड्काएका कारण स्वास्थ्य वीमा नै संकटमा परेको हो । मासिक करोडौं घाटा खाएर स्वास्थ्य वीमा गर्न नसक्ने भन्दै आगमी माघे संक्रान्तिको दिनदेखि त्रिवि शिक्षण अस्पतालले सो सेवा बन्द गर्न लागेको हो ।

बिज्ञापन

टिचिङ अस्पतालले २०७७ सालदेखि नै स्वास्थ्य बीमामार्फत उपचार सेवा प्रदान गर्दै आएकोमा पाँच बर्ष पछि उक्त सेवा बन्द गर्न लागेको हो । मासिक २ करोड रुपैयाँ घाटा खाएर स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न नसक्ने भन्दै अस्पतालले आउँदो १ माघदेखि स्वास्थ्य बीमाअन्तर्गतका सबै उपचार सेवा बन्द गर्ने एक सूचनामार्फत जानकारी दिएको छ ।

स्वास्थ्य वीमा बोर्डका अनुसार सूचीकृत स्वास्थ्य संस्थालाई ११ अर्बभन्दा बढी भुक्तानी दिन बाँकी छ । लामो समयदेखि बिमितको उपचार गरेवापतको रकम भुक्तानी नपाएपछि अस्पतालहरूले स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्न लागेका हुन । त्रिवि शिक्षण अस्पताललाई मात्र स्वास्थ्य वीमा वोर्डले ४० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । अस्पतालले १६ पुसमा स्वास्थ्य बीमा बोर्डलाई पत्र पठाउँदै बाँकी ३८ करोड ९५ लाख ९७ हजार रुपैयाँ तत्काल भुक्तानी गर्न र अस्पतालको दररेटअनुसार सम्झौता गर्न माग गरेको थियो तर सुनुवाई नभए पछि उसले उक्त कार्यक्रम बन्द गर्न लागेको हो ।

बिज्ञापन

मासिक ४ देखि ५ करोडको बीमा क्लेम हुने तर डेढदेखि २ करोड दाबी अस्वीकृत हुने गरेको र विगत २ वर्षदेखि अस्पतालको दररेटलाई मान्न आग्रह गर्दा पनि सुनुवाइ नभएको अस्पतालले जनाएको छ ।

बीमा बोर्डको कमजोर व्यवस्थापन, समयमै भुक्तानी नहुनु र दीर्घकालीन समस्या समाधानमा नेतृत्व असफल भएपछि मुलुककै प्रमुख सरकारी स्वास्थ्य संस्था त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले स्वास्थ्य बीमा कार्यक्रमबाट बाहिरिने निर्णय गरेको हो । शिक्षण अस्पताल जस्तो केन्द्रीय र रेफरल अस्पताल नै बीमा कार्यक्रमबाट बाहिरिनु स्वास्थ्य बीमा बोर्ड नेतृत्वमाथि गम्भीर प्रश्न उठाउने घटनाका रूपमा हेरिएको छ।

हाल स्वास्थ्य वीमा बोर्डको अध्यक्षमा चन्द्र थापा र कार्यकारी निर्देशक रघुराज काफ्ले छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

महानिर्देशकसहित पाँचै जनालाई धरौटीमा रिहा गर्न आदेश

नक्कली प्रज्ञापनपत्र बनाएर भेप तस्करी : सात बर्ष कैद हुनुपर्ने प्रतिवादी छुटे धरौटीमा

सरुवालाई अवसरमा बदल्दै लोमन्थाङमा सेवा र पर्यटन प्रवर्द्धनमा जुटे सुब्बा पशुपति पोखरेल

बीवाईडी काण्डपछि भन्सार विभागका महानिर्देशक भण्डारी तानिए, नयाँ महानिर्देशकमा सहसचिव पाण्डे

भन्सारका महानिर्देशक मन्त्रालय तानिए,निमित्तको जिम्मेवारी पाण्डेलाई

कार्यसम्पादनमा खरो उत्रन नसकेका मन्त्रीहरु रेडजोनमा

राहदानी विभागको महानिर्देशकमा विक

अख्तियारले फेला नपारेका माओवादी सत्ताका तरमारा सहसचिव राना एक वर्षदेखि लापत्ता, प्रधानमन्त्री सचिवालयको संरक्षण

बिशेष