कर्मचारी राख्न बालुवाटार-थापाथली आसपास गेस्ट हाउस खोज्दै केन्द्रीय बैंक

नेपाल राष्ट्र बैंकले आफ्ना कर्मचारीहरूको बासका काठमाडौंमा विशेष होटल तथा गेस्ट हाउस खोजेको छ ।

बिज्ञापन

बैंकले तेस्रो पटक सूचना प्रकाशन गर्दै राष्ट्र बैंकका कर्मचारी अतिथि गृहका लागि होटल सेवा खरिद गर्न सिलबन्दी दरभाउ पत्र खोलेको हो ।

बिज्ञापन

नेपाल राष्ट्र बैंकले यस अघि ०८२ असोज ३० मा सूचना प्रकाशन गर्दै अतिथि गृहका लागि होटल सेवा खरिद गर्न सिलबन्दी दरभाउ पत्र आह्वान गरिएकोमा थियो तर तोकिएको अवधि भित्र पेश भएका सिलबन्दी दरभाउ पत्र यथावत् राखी पुनः प्रस्ताव आह्वान गरिएको छ । नेपाल राष्ट्र बैंक खरिद विनियमावली २०७१ (पाँचौं संशोधनसमेत)को विनियम ९१ बमोजिम अतिथि गृह सेवा करारमा लिनुपर्ने भएकोले इच्छुक होटल तथा अतिथि गृह वा गेष्ट हाउसहरूबाट सूचना प्रकाशित भएको मितिले १५ कार्यदिनभित्र रीतपूर्वक सिलबन्दी प्रस्ताव पेस गर्न आह्वान गरिएको सूचनामा उल्लेख छ ।

इच्छुक होटल तथा गेस्ट हाउसहरूले आगामी १३ माघको दिउँसो १ बजेसम्म रितपूर्वक फाराम भरी दरखास्त हाल्न सक्ने बैंकले सूचनामा भनेको छ । तथापि, सेवा दिन चाहने होटल तथा गेस्ट हाउसले दरखास्तसँगै ५० हजार रुपैयाँ नगद धरौटी बुझाउनुपर्ने केन्द्रीय बैंकले जनाएको छ । सूचनामा,अतिथि गृह तथा होटल राष्ट्र बैंक रहेको क्षेत्र बालुवाटार र थापाथलीस्थित कार्यालय आसपास, महाराजगञ्ज, धुम्बराही, चाबहिल, गौशाला, एयरपोर्ट, सिनामंगलसम्म चक्रपथ क्षेत्रको कम्तीमा १ किलोमितरसम्मको दूरीमा हुनुपर्ने पनि शर्त राखिएको छ ।

बिज्ञापन

जिल्ला तथा प्रदेशका बैंकका कर्मचारी काठमाडौं आउँदा बास बस्नका लागि योग्य सुविधाजन अतिथि गृहका लागि केन्द्रीय बैंकले वार्षिक सम्झौता नै गर्ने गरी होटल, गेस्ट हाउस तथा अतिथि गृहहरूका लागि केन्द्रीय बैंकले सिलबन्दी दरभाउ पत्र खोलेको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

काठमाडौँमा ‘किल्ला गाडेका’ ४,४७५ कर्मचारीको विवरण प्रधानमन्त्री कार्यालयमा, सिंहदरबारमै १,९३५ जना दुई वर्षदेखि जमेका

ओ एन्ड एमको राष्ट्रिय मापदण्ड तयार : यस्तो हुनेछ संघ,प्रदेश र स्थानीय तहमा सर्वेक्षण समिति

काम सम्पन्न नभएसम्म कर्मचारी सरुवा नहुने,कार्यालयको मूल्यांकन सेवाग्राहीबाटै

पाँच बर्षभित्रमा निजामती सेवामा २५ प्रतिशत ‘फ्रेस जनशक्ति’ भित्र्याउने

सरकारको नयाँ ‘कमिटमेन्ट’ : १८ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक

नेपालको हवाई सुरक्षा र युरोपियन युनियनको प्रतिबन्ध

अध्यादेशबाटै निजामती सेवा ऐन ल्याउने तयारी,ठूलो संरचनागत हेरफेरको प्रस्तावले कर्मचारीभित्र हलचल

सिंहदरबारबाट गाउँपालिकामा खटाइएका दुई शाखा अधिकृतले दिए राजीनामा

बिशेष