नेपाली बजारमा सुन चाँदीको मूल्यमा कीर्तिमानी कायम गरेको छ । सुन र चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिज्ञापन
महासंघका अनुसार सोमबारका लागि सुनको भाउ प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँ तय गरेको छ । यस्तै चाँदीको मूल्य प्रतितोला ५ हजार १९५ रुपैयाँ पुगेको छ ।
यो हालसम्मकै उच्च हो। हिजो छापावाल सुन प्रतितोला दुई लाख ७० हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्यमा पनि रेकर्ड कायम भएको छ । सोमबार एक तोला चाँदी किन्न ग्राहकले पाँच हजार १९५ रुपैयाँ तिर्नुपर्नेछ । आइतबार चाँदी प्रतितोला चार हजार ९९० रुपैयाँमा कारोबार थियो।


























