रसुवाको विकास मोडेल : केन्द्र होइन, रसुवालीले तय गर्ने भविष्य

– अर्जुन पौडेल
रसुवाको विकासको चर्चा धेरै हुन्छ, तर वास्तविक विकासको अनुभूति रसुवाली जनताले अझै गर्न सकेका छैनन्। सडक, बजेट र योजनाको सूची विकास होइन; विकास भनेको मानिसको जीवनस्तरमा आउने सकारात्मक परिवर्तन हो। यही बुझाइका साथ म भन्छु— रसुवाको विकास मोडेल केन्द्रमुखी होइन, स्थानीय आवश्यकतामा आधारित हुनुपर्छ।
पहिलो कुरा, रसुवाको विकासको केन्द्रमा यहाँका नागरिक हुनुपर्छ। शिक्षा, स्वास्थ्य र रोजगारी सुनिश्चित नगरी ठूला पूर्वाधारको अर्थ हुँदैन। युवाहरू रोजगारीको खोजीमा जिल्ला बाहिरिन बाध्य छन्, जसले रसुवालाई जनशक्तिविहीन बनाउँदैछ। अब विकासको प्राथमिकता युवालाई यहीँ अवसर सिर्जना गर्ने हुनुपर्छ।

बिज्ञापन

दोस्रो, रसुवा आत्मनिर्भर अर्थतन्त्रतर्फ जानैपर्छ। कृषि, जडीबुटी,पशुपालन र पर्यटन हाम्रो वास्तविक शक्ति हुन्। आयातमा निर्भर हुने होइन, स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने नीति आवश्यक छ। सहकारी, उद्यमशीलता र स्थानीय बजार व्यवस्थापन बिना समृद्धि सम्भव छैन।

बिज्ञापन

तेस्रो, केरुङ नाका रसुवाको भविष्यसँग जोडिएको विषय हो। यो नाका केवल भन्सार राजस्वको माध्यम होइन, स्थानीय रोजगारी, व्यापार र सेवाक्षेत्रको मेरुदण्ड बन्नुपर्छ। नाका व्यवस्थापनमा स्थानीय जनताको सहभागिता र स्वामित्व सुनिश्चित गरिनुपर्छ।

चौथो, विकास र प्रकृतिबीच सन्तुलन अपरिहार्य छ। गोसाइँकुण्ड, नौकुण्ड ताल, बिजुली ढुङ्गा, जुरेढुङ्गा, घलेगडी , उत्तरगया धाम, भाङ्गे झरना, तातोपानी गत्लाङ (कालो गाउँ), पार्वतीकुण्ड,लार्चङ्टार, लाङटाङ र तामाङ संस्कृतिको संरक्षण नगरी गरिने विकास दीर्घकालीन हुन सक्दैन। वातावरण विनाश गरेर बनाइने विकास मोडेल रसुवाका लागि स्वीकार्य छैन।

बिज्ञापन

अन्त्यमा, म स्पष्ट रूपमा भन्न चाहन्छु— रसुवाको विकास मोडेल केन्द्रले बनाइदिने खाकामा होइन, रसुवालीले आफैं तय गर्ने दृष्टिमा आधारित हुनुपर्छ। दिगो, न्यायपूर्ण र आत्मनिर्भर रसुवा निर्माण आजको आवश्यकता हो। यही बाटो नै रसुवाको समृद्ध भविष्यतर्फ जाने सही मार्ग हो।

(पौडेल अखिल क्रान्तिकारी बागमती प्रदेशका अध्यक्ष हुनुहुन्छ)

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

वर्ल्डलिंकलाई कसले बचायो ? सात अर्बको करछली प्रकरणमा बालेनले खोल्लान् त फाइल ?

म्यानपावरमा मन्त्रीको पिए आतंक

सरकारी वेबसाइटबाट प्रवक्ता र सूचना अधिकारी वेपत्ता

बिशेष