७९ मा राजेन्द्र राईसँग पराजित सुनिल थापा राष्ट्रिय सभामा निर्विरोध निर्वाचित

राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएर राष्ट्रियसभाका उमेद्धार बनेका सुनिल थापा निर्विरोध निर्वाचित भएका छन् । कोशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिल थापा निर्विरोध भएका छन् ।

बिज्ञापन

उनले उम्मेदवारी दिएको क्लष्टरबाट अरूको उम्मेदवारी नपरेपछि निर्विरोध निर्वाचित भएका हुन । थापा यस अघि राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख राजनीतिक सल्लाहकारको भूमिकामा थिए । कांग्रेसका पूर्व सहमहामन्त्री रहेका उनी राप्रपाका संस्थापक नेता पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन । सुनिल २०७७ कात्तिकमा कांग्रेस प्रवेश गरेका थिए । पञ्चायत र बहुदलीय व्यवस्थामा गरी पाँच पटक प्रधानमन्त्री बनेका सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर बाबुको विरासत छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेर सोही पार्टीबाट उपल्लो सदनमा निर्विरोध निर्वाचित भएर पुगेका छन् ।

बिज्ञापन

२०६९ सालमा राजनीतिमा प्रवेश गरेका थपा राष्ट्रिय जनशक्ति पार्टी २०७० मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा विलय भएपछि उनी केन्द्रीय सदस्य र २०७३ मा राप्रपा विभाजनबाट बनेको राप्रपा (प्रजातान्त्रिक) का महामन्त्री थिए । ०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी धनकुटा–२ बाट निर्वाचित भएर २०७१ सालमा वाणिज्य तथा आपूर्ति मन्त्री बने ।

गणतन्त्र र त्यसअनुसारको परिवर्तन आत्मसात् गर्दै १३ साउन २०७७ मा सहमहामन्त्री हुने गरी कांग्रेसमा आएका थापा पार्टीको १०औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

बिज्ञापन

गत निर्वाचनमा धनकुटामा एमालेका राजेन्द्र राईसँग झिनो मतान्तरले पराजित भएका थापा यस पटक राष्ट्रिय सभामा निर्विरोध निर्वाचित भएका हुन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मुस्ताङमा भन्सार जाँचपासबिनै भित्रिएका ८ कन्टेनर राजस्व अनुसन्धानमा पुर्‍याइयो, एक करोड बढी राजस्व हिनामिनाको अनुमान

पाँच सचिव फाजिलमा,एउटै मन्त्रालयमा तीन सचिव

सेटिङमा धमाधम सरुवा,विवादमा मन्त्री मेहता

यस्तो छ अधिकृत(सातौं)को बढुवाको संशोधित सूची

छैटौं तहलाई सहायकस्तरमा कायम गर्ने प्रस्ताव

कर्मचारीको विदेश भ्रमणमा कडाइ

मन्त्रिपरिषद्को पाँच निर्णय : कासमूमा ७५ प्रतिशत अंक कटाउनेलाई कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

डीएफओ र वन अधिकृतहरुको सरुवा

बिशेष