लुम्बिनी सरकारले गर्‍यो सचिवहरूको हेरफेर

लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सचिवहरूको कार्यक्षेत्र पुनःव्यवस्थापन गर्दै जिम्मेवारी हेरफेर गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा देउखुरीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार बसेको बैठकले प्रशासनिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सचिवहरूको नयाँ कार्यविभाजन गरेको हो।

बिज्ञापन

निर्णयअनुसार शम्भुप्रसाद मैनाली र विनोद लामिछाने दुवैलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जिम्मेवारी तोकिएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी बन्धुप्रसाद बस्तोलालाई दिइएको छ भने खिमबहादुर रायमाझी प्रदेश लोकसेवा आयोगमा खटाइएका छन्। त्यस्तै, खिमबहादुर कुंवरलाई युवा तथा खेलकुद मन्त्रालयको थप जिम्मेवारी प्रदान गरिएको छ।

बिज्ञापन

यसैगरी, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा अर्को व्यवस्था नभएसम्म आर्थिक तथा प्रशासनिक पक्ष सम्हाल्ने गरी अनिल मरासिनीलाई निमित्त प्रदेश सचिवको जिम्मेवारी दिइएको छ।
सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीका अनुसार, सचिवहरूको जिम्मेवारी पुनःव्यवस्थापनले प्रदेश सरकारको कामकारबाहीलाई थप चुस्त, प्रभावकारी र उत्तरदायी बनाउने अपेक्षा गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पाँच दर्जन प्रश्नको जबाफ दिएपछि ओलीको स्थान हद फुकुवा

निर्वाचन आचारसंहिता लाग्नु अघि धमाधम बढुवा र नियुक्ति

गृह मातहत २५० दरबन्दी रिक्त,सामान्यले जथाभावी कर्मचारी चलाउँदा निर्वाचनको मुखमा झनै समस्या

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु

जनहितमुखी सुशासन : शान्ति, स्थिरता र समृद्धिको आधार       

संघीय मन्त्रालयमा कार्यरत ८ अधिकृतलाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

कर्मचारी प्रेस समाचार प्रभाव : फेरिए उपत्यकाकाको तीन मालपोत प्रमुख

३० अधिकृतको सरुवा : १६ जना संघीय मन्त्रालयबाट पुगे स्थानीय तह

बिशेष