प्रदेश लोकसेवाले माग्यो अधिकृत सातौं तहका लागि १८७ कर्मचारी

लुम्बिनी प्रदेश लोक सेवा आयोगले स्थानीय निजामती सेवा अन्तर्गत अधिकृत सातौँ तहका प्राविधिक तथा अप्राविधिक पदको विज्ञापन खुलाएको छ ।

बिज्ञापन

आयोगले अप्राविधिकतर्फ शाखा अधिकृत,प्रशासकीय अधिकृत,लेखा अधिकृत,आन्तरिक लेखा परीक्षण अधिकृत र कानुन अधिकृत पदमा ५४ जना कर्मचारी माग गरेको छ । यी पदहरुमा अन्तर तह,खुला,विपन्न (खस आर्य),मुस्लिम (महिला),थारु,दलित,मधेसी कोटामा यी विज्ञापनहरु खुला गरिएको हो ।

बिज्ञापन

यस्तै आयोगले प्राविधिकतर्फ जनस्वास्थ्य अधिकृत,मेडिकल ल्याब टेक्नोलोजिष्ट,नर्सिङ अधिकृत,इन्जिनियर,हाइड्रोलोजिष्ट,पशु चिकित्सक,पशु,कृषि,मस्त्य विकास अधिकृत,कृषि प्रसार अधिकृत,वन अधिकृत र शिक्षा अधिकृतको विज्ञापन खुलाएको छ । आयोगले विभिन्न पदमा गरी १३३ जनशक्ति माग गरेको छ । आयोगले प्रदेश निजामती सेवा र स्थानीय निजामती सेवा अन्तर्गतका अन्तरतह र खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति लागि प्राविधिक तथा अप्राविधिक अधिकृत सातौँ तहको विज्ञापन खुला गरेको हो ।

योग्यता पुगेका उम्मेदवारले आजदेखि माघ १ गतेसम्म दरखास्त दिन सक्ने छन् भने दोब्बर दस्तुर तिरेर माघ ८ गतेसम्म दरखास्त दिन सक्ने छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

दीपक भट्टसँग नाम जोडिएका तीन सहसचिव प्रदेश पुगे,अर्काे सहसचिव तानिए मन्त्रालय

सरकारी कागजात,जिन्सी सामाग्री साता दिनभित्रै दाखिला गर्न ६ पूर्व कर्मचारीलाई अल्टिमेटम

उता ‘शून्य फाइल’,यता बढुवा फाइल महिनौंदेखि घर्रामा

खटाएका ठाउँमा गएनन् ७ उपसचिव र ९ शाखा अधिकृत,कारवाही गर्ने मन्त्रालयको तयारी

नियम विपरित प्रयोग भएका चार पाँग्रे सवारीको विवरण खोज्दै प्रधानमन्त्री कार्यालय

प्रमुख प्रशासकीय अधिकृतहरूको ‘यौनकाण्ड’ उजुरीले सामान्य प्रशासन मन्त्रालयमा हलचल

सम्पत्ति शुद्धीकरणका डिजी जिम्मेवारी मुक्त,अन्य तीन सहसचिव प्रदेशतिर

सिंहदरबारबाट निकालिँदै दुई हजार रैथाने कर्मचारी

बिशेष