प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको नाम लिँदै विचौलियाहरुले सिडियोलाई समेत घुस रकम बुझाउनुपर्दछ भन्दै रकम उठाइरहेको पाइएको छ । त्यो पनि जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालयबाटै । युवराज कट्टेलको नाम बेच्दै,सिडियोलाई बुझाउनुपर्दछ भन्दै केही लेखापढी व्यवसायीहरुले खुलेआम घुस रकम उठाइरहेको अबस्थामा ती पक्राउ परेसँगै कट्टेल विवादमा तानिएका हुन ।
बिज्ञापन
आफूलाई लेखापढी व्यवसायी भनाउँदै “सिडिओलाई समेत भाग लगाउनुपर्छ, नत्र काम हुँदैन” भनेर सेवाग्राहीसँग घुस लिने गरेका २९ जनालाई प्रहरीले पक्रेको छ । प्रशासन र मालपोत कार्यालयबाट २९ जना विचौलियाहरुलाई प्रहरीले पक्राउ गरेको हो । कट्टेलको नाम प्रयोग गरी घुस माग्ने गरेको प्रमाण फेला परेपछि सिडिओ कट्टेलकै निर्देशनमा प्रहरीले कारबाही गरेको हो। मालपोत कार्यालय क्षेत्रबाट २० जना र जिल्ला प्रशासन कार्यालय क्षेत्रबाट नौ जना लेखापढी व्यवसायीको नाममा सक्रिय बिचौलियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । हाल स्क्रिनिङ गरिएको र दोषी ठहरिए घुससम्बन्धी आरोपमा कानुनी कारबाही अघि बढाउन लागिएको छ ।
बिचौलियाहरूले “सिडिओलाई पनि बुझाउनुपर्छ” भन्दै सेवाग्राहीसँग घुस माग्ने र घुस नदिएमा सरकारी कार्यालयमा अनावश्यक दुःख दिने गरेका थिए । उनीहरूले सामान्य फोटोकपीको समेत ५० रुपैयाँसम्म लिने गरेका थिए ।
गृह मन्त्रालयले मोरङको प्रमुख जिल्ला अधिकारीका रुपमा ६० साले लेखा अधिकृतलाई खटाएको छ। यस अघि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशकबाट मोरङको सिडिओमा पठाइएको हो । २०३२ सालमा सोलुखुम्बुका जन्मिएका कट्टेल सात वर्ष लेखा समूहबाट सेवा समूह नै परिवर्तन गरेर प्रशासनतिर फड्को हानेका कर्मचारी हुन । २०६७ जेठमा एकैपटक सामान्य प्रशासन समूहको उपचिवमा नाम निकालेका थिए। ०७८ सालमा सहसचिवमा बढुवा भएका हुन्। कट्टेल उपसचिव हुँदा १ वर्ष दैलेखको सिडिओ चलाएका थिए। सहसचिव भएपछि ०७९ माघ १६ गतेदेखि २०८० पुस ४ गतेसम्म करिब १ वर्ष कैलालीको सिडिओ भएर काम गरे। झन्डै २ वर्ष राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशक भएर उनी अहिले मोरङ पुगेका छन् । सोही कार्यालयमा विचौलियाहरुले सिडियोलाई बुझाउनुपर्दछ भन्दै रकम उठाइरहेको पाइएपछि विचौलियाहरु पक्राउ परेका हुन ।

























