सिडियोको नाममा घुस असुल्नेहरु पक्राउ

प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको नाम लिँदै विचौलियाहरुले सिडियोलाई समेत घुस रकम बुझाउनुपर्दछ भन्दै रकम उठाइरहेको पाइएको छ । त्यो पनि जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालयबाटै ।  युवराज कट्टेलको  नाम बेच्दै,सिडियोलाई बुझाउनुपर्दछ भन्दै केही लेखापढी व्यवसायीहरुले खुलेआम घुस रकम उठाइरहेको अबस्थामा ती पक्राउ परेसँगै कट्टेल विवादमा तानिएका हुन ।

बिज्ञापन

आफूलाई लेखापढी व्यवसायी भनाउँदै “सिडिओलाई समेत भाग लगाउनुपर्छ, नत्र काम हुँदैन” भनेर सेवाग्राहीसँग घुस लिने गरेका २९ जनालाई प्रहरीले पक्रेको छ । प्रशासन र मालपोत कार्यालयबाट २९ जना विचौलियाहरुलाई प्रहरीले पक्राउ गरेको हो ।  कट्टेलको नाम प्रयोग गरी घुस माग्ने गरेको प्रमाण फेला परेपछि सिडिओ कट्टेलकै निर्देशनमा प्रहरीले कारबाही गरेको हो। मालपोत कार्यालय क्षेत्रबाट २० जना र जिल्ला प्रशासन कार्यालय क्षेत्रबाट नौ जना लेखापढी व्यवसायीको नाममा सक्रिय बिचौलियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । हाल स्क्रिनिङ गरिएको र दोषी ठहरिए घुससम्बन्धी आरोपमा कानुनी कारबाही अघि बढाउन लागिएको छ ।

बिज्ञापन

बिचौलियाहरूले “सिडिओलाई पनि बुझाउनुपर्छ” भन्दै सेवाग्राहीसँग घुस माग्ने र घुस नदिएमा सरकारी कार्यालयमा अनावश्यक दुःख दिने गरेका थिए । उनीहरूले सामान्य फोटोकपीको समेत ५० रुपैयाँसम्म लिने गरेका थिए ।

गृह मन्त्रालयले मोरङको प्रमुख जिल्ला अधिकारीका रुपमा ६० साले   लेखा अधिकृतलाई खटाएको छ। यस अघि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशकबाट मोरङको सिडिओमा पठाइएको हो । २०३२ सालमा सोलुखुम्बुका जन्मिएका कट्टेल सात वर्ष लेखा समूहबाट सेवा समूह नै परिवर्तन गरेर प्रशासनतिर फड्को हानेका कर्मचारी हुन । २०६७ जेठमा एकैपटक सामान्य प्रशासन समूहको उपचिवमा नाम निकालेका थिए। ०७८ सालमा सहसचिवमा बढुवा भएका हुन्।  कट्टेल उपसचिव हुँदा १ वर्ष दैलेखको सिडिओ चलाएका थिए। सहसचिव भएपछि ०७९ माघ १६ गतेदेखि २०८० पुस ४ गतेसम्म करिब १ वर्ष कैलालीको सिडिओ भएर काम गरे। झन्डै २ वर्ष राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशक भएर उनी अहिले मोरङ पुगेका छन् । सोही कार्यालयमा विचौलियाहरुले सिडियोलाई बुझाउनुपर्दछ भन्दै रकम उठाइरहेको पाइएपछि विचौलियाहरु पक्राउ परेका हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निर्वाचनमा खटिएका कर्मचारीलाई घरबाटै खाना खाएर आउन निर्वाचन कार्यालयको सूचना

६ सचिवको विदेश भ्रमण स्वीकृत,दुई सहसचिवको पदस्थापन : यस्ता छन् क्याविनेटका २५ निर्णय

प्रतिनिधि सभाका उमेद्धारसँगै छैन राष्ट्रिय परिचयपत्र,६० प्रतिशतले खोलेनन् बैंक खाता

०८३ सालमा हुने सार्वजनिक बिदा निर्धारण,पञ्चांगमा एकै बर्ष थपिँदैछन् २५ चाडपर्व

मर्यादा विपरितका शिक्षकलाई चुनावी जिम्मेवारी,तीन वटै संगठनको आपत्ति

प्रधानमन्त्री र मुख्यसचिवबीच मतभेद,२५ सहसचिवको पदस्थापन अलपत्र

रंगेहात समालिए विचौलिया,भ्रष्टाचारमा मुछिए अधिकृत

सुगमबाट दुर्गममा सरुवा मिलाएका को- को भए नासुमा बढुवा ?

बिशेष