नक्कली भ्याट बिल प्रकरण,कर छली, कबाडी सामानबाट गुणस्तरहीन रड उत्पादन गर्ने, डेडिकेटेड फिडरलाइनमा अनियमिततालगायत प्रकरणदेखि कालोबजारीसम्ममा मुछिएका एक बदनाम व्यापारीलाई १ करोड राजश्व तिर्न सरकारी कार्यालयले पत्र काटेको छ ।
बिज्ञापन
केपी ओली सत्तामा हुँदा होस वा प्रचण्ड देउवा शक्ति र सत्तामा हुँदा दीपक भट्टमार्फत चलखेल गर्ने व्यवसायी हुन सुलभ अग्रवाल,जो नेपाल उद्योग परिसंघको नेतृत्व तहमा बसेर काम गरिसकेका व्यक्ति । जगदम्बा स्टिल, जगदम्बा सिमेन्ट, जगदम्बा मिल्स, रिद्धिसिद्धि मिनिरल वाटर, युनियन लाइफ इन्स्योरेन्स, जगदम्बा मोटर्स, जगदम्बा वायर लगायत दुई दर्जनभन्दा व्यापार व्यवसाय गर्दै आएको यही उद्योगले ०७२ सालको भदौदेखि २०७६ फागुनसम्मको २ अर्ब ६५ करोड रुपैयाँ बक्यौता तिर्नुपर्ने भयो तर शक्ति र सत्तालाई प्रयोग गरेर सो रकम पचाउन अग्रसर थिए,उनी । उनले त्यसको नेतृत्व गरेपछि अरु उद्योगी व्यवसायीहरुले समेत सो पैसा नतिर्न खोजेका थिए ।
बिज्ञापन
यस्का अलवा अग्रवालको कम्पनीमध्ये एक जगदम्बा स्टिल्सले ९० करोड रुपैंयाको नक्कली बिल बिजक काटिएको बिषय समेत बाहिरिएको छ । उनै अग्रवालको सानेपामा रहेको जगदम्बा ओभरसिजबाट भन्सार प्रणालीमै छेडखानी गरी ४० प्रतिशत अन्तःशुल्क लाग्ने टोबाको स्टिकमा प्रतिकिलो ४० रुपैयाँ अन्तःशुल्क मात्र दाखिला गरेर आयात गरेको बिषय बाहिरिएसँगै सो को राजश्व दाखिला गर्न पत्राचार गरेको हो ।
भन्सार विभागको आन्तरिक लेखा परीक्षणको क्रममा सुर्ती भएको वा पुनर्निर्मित सुर्तीको आयातमा कम राजस्व बुझाएको भेटिएसँगै आयातकर्तालाई अहिलेसम्म छुटेको राजस्व दाखिला गर्न पत्राचार भएको भन्सार कार्यालयले जनाएको छ ।
बिज्ञापन
उसो त अग्रवाल जहाँ र जुन निकायमा रहे ति निकाय नै विवादमा छन् । उनी अध्यक्ष रहेको हिमालयन लाइफ इन्स्योरेन्स पछिल्लो समय गम्भीर संकटमा गुज्रिएको छ । अग्रवालले राजीनामा दिएर बाहिरएका मनोजकुमार कर्णलाई २ करोड २६ लाख रुपैयाँ कम्पेन्सेसन र सवारीसाधन नामसारी गर्ने निर्णयले व्यवस्थापनलाई नै विवादको उत्कर्षमा पु¥याएको छ ।
यस्का अलवा अग्रवालमाथि सम्पत्ति शुद्धीकरण मुद्धा समेत आकर्षित हुने स्थिति बनेको छ । २०७८ वैशाखमा कोरोना महामारीका कारण देशभर निषेधाज्ञाका थियो । तर, बीमा समितिले वैशाख १६ गते एक्कासी २१ दिनभित्र नयाँ पुनर्बीमा कम्पनीका लागि प्रस्ताव माग्यो । पहिले नै प्रुडेन्सियल, अन्नपूर्ण, काठमाडौं र जेन्युन कम्पनीले नयाँ पुनर्बीमा कम्पनीले अनुमति मागेका थिए । तर, अन्तिम समयमा देखापरेको ‘हिमालयन रि इन्स्योरेन्स’ कम्पनीले ११ दिनमै आशय पत्र पायो । बीमा समितिबाट आशयपत्र प्राप्त गरेलगत्तै जेठ २३ गते उक्त कम्पनी पब्लिक कम्पनीका रूपमा कम्पनी रजिस्ट्रारमा दर्ता भयो । हिमालयन रि इन्स्योरेन्सको मुख्य लगानीकर्ता सुलभ अग्रवालको शंकर समूह हो । भट्ट–अग्रवाल गठ जोडले प्रभाव बढाउँदै लगेपछि बीमा नियामक समितिको नेतृत्वमा उनीहरुकै जोडबलमा सूर्यप्रसाद सिलवाल २०७७ माघ १९ गते नियुक्त भएका थिए । सोही कम्पनीमा ४५ करोड सेयर लगानीलाई सम्पत्ति शुद्धीकरणले गम्भीर रुपमा हेरिरहेको छ । दीपक भट्टको इन्फिनिटी होल्डिङ्स प्रालि भट्टको एकल स्वामित्वको कम्पनीले ४५ करोडबराबरको संस्थापक सेयरमा लगानी गरेका थिए । हिमालयन रिइन्स्योरेन्स भट्ट तथा शंकर ग्रुपको लबिङमा स्थापना भएको कम्पनी हो । जुन स्थापनामा ठुलो नीतिगत भ्रष्टाचारको आरोप लाग्दै आएको छ । सो कम्पनीमा भट्टले लगानी गरेको ४५ करोडको स्रोतमाथि अहिले छानबिन सुरु भएको हो । यस्का अलवा जगदम्बा स्टिल्सले हिमालयन बैंकबाट अर्ब २६ करोडबराबरको ऋण स्वीकृत गरिएको थियो । त्यसमध्ये ३८ करोड ८१ लाख जगदम्बा स्टिल्सको व्यावसायिक चल्तीखाताबाट कम्पनीका अध्यक्ष शंकरलाल अग्रवालले दीपक भट्टलाई रकमान्तर गरेर बैंकिङ कसुर गरेको बिषयमा समेत अग्रवाल शंकाको घेरामा छन् ।


























