खोटाङ अस्पतालमा १० करोड बजेट छुट्टाएर अनुकुलको निमित्त मेसु लैजाँदै मन्त्री राई

कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयले प्रदेशका १० जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्टहरुको सरुवा प्रक्रिया अगाडि बढाएको छ । जसमा अधिकांश निमित्तको जिम्मेवारी दिएर खटन पटन गर्ने तयारी चल्दैछ । यसरी कर्मचारी सरुवा गरेर लैजाँदा मन्त्रीले आफ्नो गृह जिल्लामा आफ्ना एसम्यानलाई निमित्तको जिम्मेवारी दिएर इनरुवाबाट खोटाङ लैजाने प्रक्रिया अगाडि बढाएका छन् ।

बिज्ञापन

भौतिकदेखि स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालिरहेका भुपेन्द्र राईले आफू निकटस्थ एक विवाद्स्पद कर्मचारीलाई सबैभन्दा बढी बजेट रहेको जिल्लामा मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिने तयारी गरिरहेका छन् । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय निणर्ययले अस्पताल तथा स्वास्थ्य तर्फका २२ र आयुर्वेदतर्फका १५ कर्मचारीहरुको सरुवा गरेकै मितिमा सो प्रदेशका १५ मध्ये १० अस्पतालका मेडिकल सुपरिटेण्डेन्टहरु परिवर्तन गर्ने टिप्पणी उठाएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको हो ।

बिज्ञापन

जसमा सबैभन्दा बढी बजेट रहेको खोटाङ जिल्ला अस्पतालको मेसुमा मन्त्री राईले आफू निकटस्थ एक कर्मचारीलाई निमित्त बनाएर पठाउन चलखेल गरिरहेको स्रोतको दावी छ । त्यहाँ अहिले रुपेश संग्रौला कार्यरत छन्,उनी सो अस्पतालका मेसु हुन । उनलाई त्यहाँबाट हटाएर मन्त्री राईले हाल इनरुवास्थित जिल्ला अस्पताल सुनसरीको निमित्त मेसुको भूमिकामा रहेकाडा डा अमिताभ ठाकुरलाई खटाउने गरी चाँजो पाँचो मिलाइरहेको स्रोतको दावी छ । उनी ०८१ पुस १५ मा इनरुवास्थित जिल्ला अस्पताल सुनसरीको निमित्त मेडिकल सुपरिटेन्डेन्टको भूमिकामा थिए । झण्डै बर्ष दिन निमित्त चलाए पछि प्रदेशको सबैभन्दा धेरै बजेट रहेको खोटाङ जिल्ला अस्पतालको मेसुको रुपमा खटाउने गरी प्रक्रिया अगाडि बढाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालउ स्रोतले जनाएको छ । ठाकुर अधिकांश कार्यालयमा निमित्तकै भूमिकामा बसेका कर्मचारी हुन । यस अघि खोटाङ,धनकुटाको, नुवाकोटको त्रिशुली अस्पताल, सिन्धुली अस्पतालको समेत निमित्त मेसु चलाएका हुन । उनी आठौं तहका कर्मचारी हुन ।

बिज्ञापन

मन्त्री राईका लागि ठाकुर कतिसम्म विश्वास पात्र हुन भने त्यहाँ नवौं तहका डाक्टर डा. अमरेश कुशवाहलाई मेसुको जिम्मेवारी दिइएन । उल्टै आठौं तहका डाक्टर ठाकुरको अण्डरमा काम गर्ने गरी राखियो,बर्ष दिनदेखि । त्यहाँ आश्चर्य,आठौं तहका ठाकुर निमित्त मेसुका रुपमा कार्यरत थिए भने नवौं तहका कुशवाह उनै निमित्तको अण्डरमा । बर्ष दिनदेखि एक सिनियर चिकित्सकमाथि ज्यादती गर्दै आएका उनै मन्त्रीले तिनै आठौं तहका ठाकुरलाई मन्त्रीले आफ्नो गृह जिल्लामा लैजान खोजेका हुन । आठौं तहका चिकित्सकलाई आफ्नो गृह जिल्लामा लैजाने गरी टिप्पणी उठेर प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फाइल पुगिसकेको छ ।  मन्त्री राईले बरिष्ठ कर्मचारीहरुलाई पाखा लगाएर उनै ठाकुरलाई खोटाङमा निमित्त बनाएर लैजान खोजेसँगै प्रदेशका सिनियर डाक्टरहरुले आपत्ति जनाएका छन् ।  मन्त्रीले आफ्ना विश्वासपात्र कर्मचारीलाई निमित्त मेसु बनाएर खोटाङ लैजान खोज्नुको पछाडि त्यहाँ रहेको बजेट हो । जिल्लाका कुनै अस्पतालले ९/१० लाख बजेट परेका छन् तर मन्त्रीले आफ्ना गृह जिल्लामा करोडौं बजेट खन्याएका छन् । अस्पताल सेवा विस्तार,प्रदेशस्तरीय स्वास्थ्य संस्था तथा सरकारी अस्पतालको न्यूनतम सेवा,नसर्ने रोग तथा मानसिक स्वास्थ्य कार्यक्रम,प्रसुति प्रतिक्षा कक्ष शीर्षकमा करोडौं बजेट मन्त्रीको जिल्लाको अस्पतालले पाएको देखिन्छ । सो अस्पताललाई करोडौं पूँजीगत बजेट नै छुट्टाइएको छ । त्यही बजेटमा खेल्न पाइने भएका कारण उनले आफू अनुकुलका कर्मचारीलाई निमित्त दिएर खोटाङ लैजान खोजेका हुन ।

निमित्त मेसु ठाकुर स्त्री रोग विशेषज्ञ हुन । उनी जहाँ र जुन अस्पतालको नेतृत्वमा रहें,उनको कार्यशैली र कार्यसम्पादनका कारण विवादमा मुछिएका चिकित्सक हुन । उनै विवादित पात्रलाई मन्त्रीले आफ्नो गृहजिल्लाको अस्पतालमा निमित्त हाकिम बनाएर लैजान खोजेका हुन ।

खोटाङ उनै मन्त्री राईको गृह जिल्ला हो । उसो त मन्त्री राई यस अघि नै विवादमा परेका छन्,स्वकीयका कारण । उनका स्वकीय अमृत गिरीमाथि घुस लिएको आरोप लागेको छ । गत माघमा झापा लखनपुरस्थित प्रादेशिक आयुर्वेद अस्पतालमा करारमा कर्मचारी नियुक्त गर्दा रकम लिएको भिडियो नै सार्वजनिक भएको थियो । रामप्रकाश यादवलाई करार सेवामा रेडियोग्राफर पदमा नियुक्त गर्न गिरीले ५० हजार रकम लिएको भिडियो नै सार्वजनिक भएको थियो ।अहिले फेरि विवादित छविका चिकित्सकलाई च्याप्दा मन्त्री राई विवादमा तानिएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नागरिकताबाट वञ्चित आमा–छोरीको मृत्यु प्रकरण : छानबिन समिति स्थलगत अध्ययनमा

खोटाङ अस्पतालमा १० करोड बजेट छुट्टाएर अनुकुलको निमित्त मेसु लैजाँदै मन्त्री राई

सरकारको निर्णयविरुद्ध अदालत गएका दुई डिएफओ निर्देशनालय तानिए

पर्साका एसपी भट्टका घुमुवा रामराज हेडक्वार्टर तानिए, एसपी भट्ट पनि सोधपुछमा

नासु र खरिदारको सरुवा स्थगित,बढुवामा ‘तरमारा’ वर्गलाई राक्ने प्रयास

जब प्रधानमन्त्रीले सुदन गुरुङलाई ‘मेरो जेठो छोरो’ भनिन्

४१ खरिदार र १३८ नासुसहित १७९ कर्मचारीको सरुवा

अष्ट्रेलिया पुगेका उपसचिवको नेपालमा हाजिर,को- को जाकिन्छन् कीर्तेमा ?

बिशेष