डोल्मालाई ८८ करोड कर छुटदिएपछि मौरिसससँगको दोहोरो करमुक्ति सम्झौता खारेज

सरकारले मौरिसससँगको दोहोरो करमुक्ति सम्झौता खारेज गरेको छ । अस्ति बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

बिज्ञापन

ट्याक्स हेभन कन्ट्री मोरिससको कम्पनीमार्फत नेपालमा लगानी ल्याएको डोल्मा इम्प्याक्ट फण्डलाई गैरकानुनी रूपमा आयकर छुट दिने गरी सरकारले यस्तो निर्णय गरेको हो ।

बिज्ञापन

यस अघि नै गत कात्तिक १३ गते बसेको क्याबिनेट बैठकले नेपालका एक दर्जन बढी कम्पनीमा लगानी गरेको डोल्मालाई कर छुट दिने विवादास्पद निर्णय गरेको थियो । तर, मुख्यसचिव एकनारायण अर्यालले उक्त निर्णय होल्डमा राखिदिएका थिए । महिना दिनसम्म होल्डमा रहेको उक्त निर्णय अस्ति सोमबार बसेको क्याविनेटले प्रमाणीकरण गरेको हो । अस्तिको मन्त्रिपरिषद्को बैठकले नेपाल र मोरिससबीचको ‘दोहोरो करमुक्ति सम्झौता (डीटीएए) खारेज गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले सम्झौता खारेज गर्ने निर्णय गरेको हो ।

मौरिसस ‘ट्याक्स हेभेन कन्ट्री’ भएको र त्यहाँ दर्ता भएका कम्पनीहरूले कर तिर्न नपर्ने भएकाले डोल्माले अनिवार्य रूपमा नेपालमा नै पुँजीगत लाभकर तिर्नुपर्ने भए पनि अर्थ मन्त्री रामेश्वर खनाल र सरकारका अधिकारीहरूको राज्यकोषलाई घाटा पार्ने नियतका कारण राज्यकोषमा आउने अर्बौ राजश्व गुम्ने स्थिति बनेको छ ।

बिज्ञापन

डोल्माले विगतमा पनि कर छुटका लागि सरकार र राजनीतिक नेतृत्वसँग लबिङ गर्दै आएको थियो । तर, यसअघिका सरकारहरूले त्यस्तो आँट गरेका थिएनन् । जेनजीको नेतृत्वमा बनेको सरकारले यस्तो निर्णय गरेका हुन । पुँजीगत लाभमा लाग्ने २५ प्रतिशत करमा डोल्मालाई उन्मुक्ति दिने र मोरिसससँग भएको सम्झौता खारेज गर्ने निर्णय भएको दुई सातापछि मात्र सरकारले त्यसो गर्न मिल्ने वा नमिल्ने सम्बन्धमा कानुन र परराष्ट्र मन्त्रालयसँग राय मागेको थियो । विवादित निर्णय भएकै कारण अघिल्लो पटकका मुख्यसचिव अर्यालले होल्ड गरेको विवादित निर्णय अस्ति सोमबारको क्याविनेटले पारित गरेको हो ।

मौरिसससँग ३ अगस्ट १९९९ मा द्विपक्षीय दोहोरो करमुक्ति सम्झौता भएको थियो । आन्तरिक राजस्व विभागका अनुसार नेपाल सरकारका तर्फबाट तोकिएको सक्षम अधिकारीको हैसियतमा महानिर्देशक मदन दाहालले कूटनीतिक माध्यमबाट दोहोरो करमुक्ति सम्झौताको धारा २९, उपधारा १ (समाप्ति सम्बन्धी प्रावधान) बमोजिम सम्झौता खारेज गरिएको औपचारिक पत्र पठाएका हुन् ।

विभागका अनुसार मौजूदा DTAA खारेजीको मिति धारा २९ मा उल्लिखित प्रावधानहरू अनुसार नेपालको हकमा आगामी आर्थिक वर्ष २०८३/८४ को साउन १ गते देखि कायम हुनेछ ।डोल्माले यस अघि नै ८८ करोड कर छुट दिइसकेको छ । चलाखी कस्तो गरिएको छ भने क्याविनेटबाट सम्झौता खारेजको निर्णय भएको ६ महिनापछि मात्र यो निर्णय लागू हुने लुप होल राखिएको छ । यो लुप होलको फाइदा उठाएर डोल्माले यो यो अवधिमा फेरि पुँजीगत लाभकर छुट दाबी गर्न सक्ने सम्भावना उच्च रहेको छ ।

विभागका सूचना अधिकारी वासुदेव पौडेलका अनुसार नेपाल सरकारको यो रणनीतिक निर्णय घरेलु कानुन र विश्वव्यापी कर वातावरण दुवैमा भएका महत्त्वपूर्ण परिवर्तनसँग आफ्नो अन्तर्राष्ट्रिय कर संरचनालाई एकरूप बनाउन आवश्यक भएकाले लिइएको हो ।

यसका साथै सन् १९९९ पछिको अवधिमा विश्यव्यापी कर शासनमा आमूल परिवर्तन आएको भन्दै विभागले कर आधार कटौती तथा मुनाफा व्यवस्थापन जस्ता पहल मार्फत अन्तर्राष्ट्रिय कर सम्झौता बढी पारदर्शी र कर दुरुपयोग नियन्त्रण माग गर्ने विभागको तर्क छ । यो खारेजीले नयाँ विश्वव्यापी न्यूनतम मापदण्ड पालना गर्ने समकालीन सम्झौताका लागि मार्गप्रशस्त गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

वैदेशिक रोजगार विभागभित्र १३ जना विचौलिया नियन्त्रणमा

डोल्मालाई ८८ करोड कर छुटदिएपछि मौरिसससँगको दोहोरो करमुक्ति सम्झौता खारेज

नक्कली प्रमाणपत्रले सरकारी जागिर खाएको सब–इन्जिनियर विशेष अदालतमा तानिए

भन्सारको संसार,विकृती भरमार

बहुविवाहको आरोपमा डिएसपी नेपाल पक्राउ

सामान्य प्रशासनको लाचारी : १४१ स्थानीय तहमा खटाउन सकेन दरबन्दी अनुसारको कर्मचारी

बाढी–पहिरो, अवरुद्ध सडक र अत्यधिक दबाबबीच उठेको विभाग: जसले पुस्छ डा. जैसीको रात–दिनको पसिना

एकनारायणले ‘होल्ड’मा राखेका विवादास्पद् निर्णय धमाधम प्रमाणीकरण

बिशेष