क्रिकेट टिमलाई कलेजद्वारा नगदसहित सम्मान

धनगढी/ कार्तिक २१ देखि मंसिर ३ गतेसम्म सम्पन्न सिसिएस प्लस टु क्रिकेट प्रतियोगिता–२०८१ मा उत्कृष्ट प्रदर्शन गर्दै आइपिएस प्लस टु कलेज प्रथम भएको छ । फाइनल खेलमा प्रतिद्वन्द्वी लिटल बुद्धलाई पराजित गर्दै उपाधि हात पारेको उक्त टिमलाई कलेज प्रशासनले नगद पुरस्कार र ट्रफीसहित सम्मान गरेको छ ।

बिज्ञापन

सम्मान कार्यक्रम कलेजका अध्यक्ष हरि रेग्मीको प्रमुख उपस्थितिमा सम्पन्न भएको थियो । अध्यक्ष रेग्मीले खेलकुदमा विद्यार्थीहरूको निरन्तर सक्रियता र सफलताले कलेजको प्रतिष्ठा अझ उकासिएको बताएका छन् ।प्रतियोगितामा १६ टिमको सहभागिता रहेकोमा आइपिएस प्लस टुले सुरुदेखि अन्त्यसम्म उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भएको हो । टिमका खेलाडीहरू शिक्षासँगै अन्य गतिविधिमा पनि समान रूपमा क्रियाशील रहँदै आएका छन् ।

बिज्ञापन

कलेजले कप्तान ललित रसाइली र कोच शुलभ थापासहित टोलीलाई सम्मान गरेको उनले बताए । टीममा म्यान अफ द सिरिज र उत्कृष्ट प्रदर्शनसहित बेष्ट ब्याट्सम्यान आर्यान धनपाली बनेका थिए भने सेमिफाइनल तथा फाइनलको म्यान अफ द म्याच हिमाल कुँवर बने ।

प्रतियोगिता अवधिभर टोलीका खेलाडीहरूले म्यान अफ द म्याच उपाधिसमेत हात पारेका छन् । कलेजले आगामी मंसिर ८ गतेबाट सिसिएस प्रतियोगिता गर्ने तयारी गरेको अध्यक्ष रेग्मीले बताए ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीज्यूलाई खुला पत्र

कर्मचारीमा त्रास : १९ कार्यदिनमा २०८ ले दिए राजीनामा

इन्जिनियरिङसँगै संगीतमा पनि अर्जुन नेपालीको पाइला, ‘ज्यान सुकाउँछ चिन्ताले’ सार्वजनिक

सेवाग्राहीको मूल्याङ्कनबाट सेवा सुधारको नयाँ अभ्यास, रसुवा प्रशासनको ‘सन्तुष्टि पुस्तिका’ देशमै पहिलो प्रयास

सम्पत्ति छानबिन आयोगमा १४ हजारले बुझाए विवरण, १५ सय उजुरी

थाइराइडको उपचार गर्न गएकी बिरामीको पाठेघर फाल्ने चिकित्सक कार्यकारी निर्देशक बन्ने दौडमा, मन्त्रालयदेखि मेडिकल काउन्सिलसम्म उजुरी

निजामती नियमावलीको एउटा दफा संशोधन,दुई दफा र एक अनुसूची खारेज

ई-पेन्सन सेवातर्फ आकर्षित बन्दै निवृत्त कर्मचारी, श्रेणीविहीनदेखि मुख्यसचिवसम्म लाभान्वित

बिशेष