अध्यक्षलाई सरकारी वकिलको उन्मुक्ति,लेखा प्रमुखतिर सोझियो शंकाको सुँई

प्रभु म्यानेजमेन्ट प्रालिका पूर्वसेयर सदस्य तथा हाल लेखा प्रमुख हेमकुमार महाजूलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रभु म्यानेजमेण्ट प्रालिका पूर्वशेयरधनी तथा सहायक लेखा प्रमुख हेमकुमार महाजुलाई पक्राउ गरेको छ। हुण्डीमार्फत् अवैध कारोबार गरेको आरोपमा उनलाई ललितपुरको गोदावरी नगरपालिका–३, टौखेलबाट पक्राउ गरेको सीआईबीले जनाएको छ ।

बिज्ञापन

काभ्रे पनौती नगरपालिका ८ घर भई हाल ललितपुर गोदावरी नगरपालिका ३‚ टौखेल बस्दै आएका ५१ वर्षीय महाजूलाई प्रहरी टोलीले टौखेलबाटै पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

बिज्ञापन

ठाकुरप्रसाद मानन्धरसमेतको जाहेरी तथा कसुम लामा भएको ठगी तथा आपराधिक विश्वासघात, राष्ट्र बैंकअन्तर्गतको कसुर मुद्दा अनुसन्धान सिलसिलामा महाजू पक्राउ परेका हुन ।

प्रभु म्यानेजमेन्ट प्रालिका नाममा रहेको सिटिजन्स बैंकको खातामा विभिन्न व्यक्तिहरूको नामबाट शंकास्पद रूपमा नौ लाख ९९ हजार पाँच सय रुपैयाँका दरले रकम जम्मा भएको, एकै दिन पटक पटक शंकास्पद रकम जम्मा भएको देखिएको, सिटिजन्स बैंकको खातामा रेमिट कारोबारको आवरणमा हुन्डीमार्फत रकम प्राप्त गरी हिसाब मिलान गरेको देखिएको प्रहरी अधिकारीहरुले जनाएका छन् ।

बिज्ञापन

रेमिट कारोबारको आवरणमा एकै दिन पटक–पटक रकम बैंक खातामा जम्मा भएको पाइएको, उनले नियमित भुक्तानीको सटहीमा अवैध रूपमा हुण्डीमार्फत् रकम भित्र्याई मिलान गरिएको भेटिएको सीआइबीले जनाएको छ । महाजू सो बैंकको लेखा शाखामा कार्यरत हुँदा अवैध कारोबारमा प्रत्यक्ष संलग्न रहेको प्रारम्भिक प्रमाणले देखाएको प्रहरीको दाबी छ।

यस अघि सो बैंकको अमेरिकामा रहेको रेमिट्यान्स कम्पनी ‘प्रभु यूएस’ले प्रभु बैंकलाई तिर्नुपर्ने ४८ लाख अमेरिकी डलर नेपाल नल्याएर अपचलन गरेको तथा विभिन्न सहकारीको रकमसमेत ठगी गरेको आरोपमा अनुसन्धान गरिरहेको सीआईबीले बैंकमा छापा मारेर कतिपय महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो। यो प्रकरणमा प्रभु बैंक र प्रभु यूएसका संस्थापक देवी भट्टचनलाई पक्राउ गरेकोमा सरकारी वकिलको कार्यालयबाट उनले उन्मुक्ति पाएका थिए ।

व्यवसायी र विधायक दुवैको परिचय बनाएका प्रभु ग्रुपका अध्यक्ष, एमाले सांसद देवी भट्टचनलाई सरकारी वकिलको कार्यालयबाट उन्मुक्ति पाएसँगै अब पूर्व शेयर होल्डर तथा लेखा प्रमुखलाई समाएर अनुसन्धान शुरु गरेको हो प्रहरीले ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यस्तो मतदान केन्द्र : जहाँ छन् ३९ मतदाता, भोट हाल्ने एकजना, खटिए १३ कर्मचारी

के हो ‘मौन अवधि’, : उल्लघंन गर्नेलाई हुनेछ यस्तो कारवाही

आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको थप निर्देशन

मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरबाट काठमाडौं पठाइयो

परिणामले विश्वास जित्ने मोहन आचार्यको समुन्नत रसुवा यात्रा

उद्योगका तीन कर्मचारी शाखा अधिकृतमा बढुवा सिफारिस

१४३ अस्थायी मतदान केन्द्रबाट ५ लाख ६१ हजार कर्मचारी, सुरक्षाकर्मीले गर्नेछन् मतदान

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट ९ कार्टुन मदिरा र चामलसहितका सामान बरामद

बिशेष