एमाले नेता रोक्न जेन जीहरुद्धारा विमानस्थल घेराऊ,प्रशासनले लगायो कर्फ्यू

जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यु आदेश जारी गरेको छ । बुधबार दिउँसो प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले कर्फ्यु आदेश जारी गरेका हुन् ।

बिज्ञापन

सिमरा विमानस्थल आसपास क्षेत्रमा जेन जी युवाहरू र एमाले समर्थक युवाहरूबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको हो । आज दिउँसो साढे १२ बजेदेखि बेलुका ८ बजेसम्मलाई कर्फयू आदेश जारी गरिएको हो।

बिज्ञापन

एमाले नेता महेश बस्नेत आउने सूचनापछि विमानस्थल क्षेत्रमा जेनजी युवाहरूको विरोधका कारण स्थिति तनावपूर्ण बनेपछि प्रशासनले कर्फ्यू जारी गरेको हो। जिल्ला प्रशासन कार्यालयले गण्डक नहरदेखि पथलैया सडक खण्ड राजमार्गको दायाँ बायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म कर्फ्यु आदेश जारी गरिएको प्रजिअ मिश्रले बताए ।

प्रमुख जिल्ला अधिकारी मिश्रले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) र (ख) बमोजिम कर्फ्यू लगाइएको जनाएका छन् । कर्फ्यू अवधिभर अत्यावश्यक सेवाहरू भने सञ्चालन रहनेछन्। एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी, सञ्चारकर्मी, पर्यटक सवारी, मानव अधिकारकर्मी तथा कूटनीतिक नियोगका सवारी साधन र हवाई टिकट देखाएर विमानस्थल जानेरआउने यात्रुहरूलाई सुरक्षाकर्मीले सहजीकरण गर्ने जनाइएको छ।

बिज्ञापन

एमाले नेताहरू सिमरा आउने जानकारी पाएपछि जे जी युवाहरूले प्रदर्शन गरेका हुन् । त्यसक्रममा एमाले समर्थक युवाहरूबीच झडप भएको हो । एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत बाराको परवानीपुरमा हुने भनिएको कार्यक्रममा सहभागी हुन सिमरा विमानस्थल हुँदै जान लागेको सूचना पाएपछि जेन जी युवाहरूले प्रदर्शन गर्दा झडप भएपछि स्थितिलाइृ नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको हो।

एमाले स्थायी कमिटी सदस्य एवं युवा संघका इन्चार्ज महेश बस्नेतका अलवा अच्यूत मैनाली, किसान श्रेष्ठ र ज्वालाकुमारी साह सिमरा जान लागेका थिए । सोही क्रममा जेनजी युवाहरुले विमानस्थलमै घेराउ गरेका थिए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आठ विश्वविद्यालयले पाउँदैछन् नयाँ नेतृत्व

अनुभवी सचिवको खोजीमा मन्त्री

रास्वपा निर्वाचनमा गुटबन्दीको असर : पदाधिकारीमा असिमबाहेक सबै संस्थापन पक्षका

निजामतीमा राजीनामाको लहर : ९ दिनमै ७१ कर्मचारीको राजीनामा

कमलपोखरीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बाहिनी अभ्यास सम्पन्न

रास्वपा केन्द्रीय सदस्यमा पराजित भए श्रममन्त्री

महानिर्देशकले टेरेनन् बालेन सरकारको निर्देशन

गृहमन्त्रीको अम्लेटमा माछाको काँडा,सहायक सिडियोको खानामा सङ्खे कीरा

बिशेष