राजनीतिमा नायिकाहरु

पछिल्लो समय नेपाली चलचित्र क्षेत्रका अभिनेत्रीहरू एकपछि अर्को गर्दै राजनीतिक मञ्चमा प्रवेश गर्न थालेका छन्। तर, उनीहरूको प्रवेशलाई राजनीतिक दृष्टिकोणभन्दा पनि रहरको राजनीतिका रूपमा हेरिएको छ।

बिज्ञापन

अभिनेत्री रीमा विश्वकर्माले उज्यालो नेपाल पार्टीका लागि सनाखत गरेकी छन्। पार्टीको केन्द्रीय सदस्य बनेकी उनले आज निर्वाचन आयोग पुगेर सनाखत पत्रमा हस्ताक्षर गरेकी हुन्।

बिज्ञापन

कार्यक्रम प्रस्तोता समेत रहेकी रीमा यसअघि नेकपा ९एमाले० निकटको रुपमा परिचित थिइन्। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेपछि खिचिएका उनका तस्बिर र भिडियो अहिले पनि सामाजिक सञ्जालमा प्रशस्त देखिन्छ। तर पछिल्लो समय उनी खुलेरै एमालेविरुद्ध देखिएकी छन् ।

ऊर्जामन्त्री कुलमान घिसिङले स्थापना गरेको भनिएको उज्यालो नेपाल पार्टीबाट औपचारिक रूपमा राजनीतिक यात्रा सुरु गरेकी रीमा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने चर्चा सुरु भएको छ।

बिज्ञापन

अर्की अभिनेत्री निशा अधिकारीले गतिशील लोकतान्त्रिक पार्टीबाट राजनीतिक यात्रा थालेकी छन्। बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतले स्थापना गरेको उक्त पार्टीमा निशा केन्द्रीय सदस्य हुन् । उनी क्रिकेटर शरद भेस्वाकरकी पूर्वपत्नी समेत हुन्।

त्यस्तै, चलचित्रमा करोडौँ लगानी डुबाएर हात झिकेकी एलिजा गौतम जनादेश पार्टीकी उपाध्यक्ष बनेकी छन्। अभिनेत्री करिश्मा मानन्धर एमाले निकट थिइन् भने अभिनेत्री रेखा थापा र मोडल खुश्बु ओली राप्रपाको सक्रिय राजनीतिमा छन्। एमालेमा लागेका कारण करिश्मालाई कतिपयले ‘सूर्यकुमारी’ भनेर सम्बोधन गरेको सामाजिक सञ्जालमा भेटिन्छ ।

कलाकारहरूको राजनीतिमा प्रवेश नयाँ कुरा होइन। तर, उनीहरूलाई लाग्ने आरोप भने उही पुरानो — स्वार्थको पूर्ति र क्षणिक लोकप्रियताको राजनीति। अब हेर्न बाँकी छ, यी हिरोइनहरूले त्यो आरोपलाई कसरी असत्य साबित गरिदिन्छन् वा फेरि राजनीतिमा पनि ‘रजतमञ्च’बाट झैँ छोटो चमकमा हराउँछन्।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

५१ नायब सुब्बाको सरुवा

नापी सर्भेक्षकको ३ करोड ७१ लाख अकुत सम्पत्ति

मोहम्मद जयन्तीमा मुस्लिम धर्मावलम्बीलाई मात्रै बिदा

परराष्ट्रको दरबन्दी घटाउने सरकारको तयारीमा मन्त्रालयकै ‘अडान’, ओएन्डएम अलपत्र

‘२४ घण्टामै उपकरण, पहिरो पन्छाएर सडक सञ्चालन’ : चरिकोट डिभिजनको एक वर्षे यात्रा

अर्थ मन्त्रालयमा उपसचिव सरुवाको तयारी, करिब ६० जनाको सूची बन्दै

सल्लाहकारले सल्लाह दिन्छन कि ब्युरोक्रेसी हल्लाउछन् ?

१३ मन्त्रालयको कटौती,चार मन्त्रालयमा थपिए २२९ दरबन्दी

बिशेष