महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोलीलाई एनओसीको विदाइ

नेपाल ओलम्पिक कमिटी (एनओसी)ले शुक्रबार दोस्रो महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोलीको विदाइ गरेको छ ।
एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठले नेपाली महिला कबड्डी टोलीलाई शुभकामनासहित विदाइ गरेका हुन् । सो अवसरमा अध्यक्ष श्रेष्ठले खेलाडीलाई प्रतियोगितामा शतप्रतिशत दिएर पूर्ण समर्पणका साथ देशका गौरवका लागि खेल्न सल्लाह दिए ।

बिज्ञापन

महिला कबड्डी विश्वकप बङगलादेशको मिरपुरमा हुँदैछ । यसअघि सो प्रतियोगिता भारतमा हुने भनिएको थियो । महिला कबड्डी विश्वकप १३ वर्षपछि हुन लागेको हो । सन् २०१२ मा भारतको पटनामा पहिलो पटक महिला कबड्डी विश्वकपको आयोजना भएको थियो । भारत महिला कबड्डीको पहिलो च्याम्पियन बनेको थियो । सो प्रतियोगितामा इरान दोस्रो तथा जापान तेस्रो भएका थिए ।

बिज्ञापन

नोभेम्बर १५ देखि २५ सम्म हुने प्रतियोगितामा आयोजक बङगलादेश, गत विजेता भारत र नेपालसहित इरान, जापान, जर्मनी, केन्या, चाइनिज ताइपेई, थाइल्यान्ड, युगान्डा, अर्जेन्टिना र इन्डोसियाले इन्डोनेसिया प्रतिस्पर्धा गर्ने बताइएको छ । नेपाल समूह ए मा रहेको छ । नेपालले पहिलो खेल नोभेम्बर १७ मा खेल्नेछ ।

नेपाली कबड्डी टिमका पदाधिकारीले विश्व वरीयतामा तेस्रो स्थानमा रहेको नेपालले उत्कृष्ट प्रदर्शनसहित विश्वकप पदक हासिल गर्ने घर फर्कने विश्वास व्यक्त गरेका छन् । मानमती विष्टको कप्तानीमा रहेको टिममा जयन्ती बडु न उपकप्नतहुनुहुन्छ । अन्य खेलाडीमा गंगा घिमिरे, रविना चौधरी, मेनुका राजवशीं, मनिषा जोशी, सृजना धानुक, आशिका कुँवर, सन्जु थामी, मिना नेपाली, बिनिता क्षेत्री, आस्मा यादव, सृजना थारु र उरुसा शाक्य रहनुभएको छ । टिमको प्रशिक्षकमा विष्णु दत्त भट्ट, प्रशिक्षकमा हरिना थापा र व्यवस्थापकमा शरद दर्शनधारी र टेक्निकल अफिसरमा रमेशचन्द्र ओझा हुनुहुन्छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आयल निगमको सञ्चालक समितिमा अझैं ट्रेड युनियनकर्मीको प्रतिनिधित्व

३६ औँ वरीयताका सचिव गोविन्दबहादुर कार्की बने मुख्यसचिव, सिंहदरबारमा खैलाबैला

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरु

औषधि आपूर्ति नै नभई सिस्टममा इन्ट्री, म्याद गुज्रेका औषधि लुकाएर करिब ३ करोड भ्रष्टाचार : निजामती अस्पतालका ८ कर्मचारीविरुद्ध मुद्दा

प्राधिकरणको विकास आयुक्तमा शाक्य

मुख्य सचिवमा गोविन्द कार्की नियुक्त

टिकापुर अस्पतालका दुई कर्मचारीबीच कुटाकुट

म्यादभित्र सम्पत्ति विवरण बुझाउन राष्ट्रिय किताबखानाको आग्रह, नबुझाए १० हजार रुपैयाँ जरिवाना

बिशेष