‘परान’ को उडान अझ उचाइमा, थपिँदै एकपछि अर्को कर्पोरेट शो

कथा र अभिनयले चलचित्रलाई जीवन दिन्छ, दर्शकको साथ र मायाले त्यसमा आत्मा भरिदिन्छ । यही समीकरणलाई नेपाली चलचित्र ‘परान’ ले प्रमाणित गरिरहेको छ । रिलिज भएको पहिलो तिनदिन पछि मात्र गति समातेको परान धलचित्रले अहिले भने हल–हलमा दर्शकको मन जितिरहेको छ । दुई साता बितिसक्दा समेत चलचित्रमा दर्शकको भीड र उत्साह लगातार बढ्दै गइरहेको छ ।

बिज्ञापन

चलचित्रप्रति बढ्दो आकर्षणसँगै विभिन्न कर्पोरेट हाउसहरूले पनि ‘परान’ प्रति आभार र समर्थन जनाउन थालेका छन् । यही क्रममा किरण शुज म्यानुफ्याक्चर कम्पनी अन्तर्गतको गोल्डस्टार शुज परिवारले चाबहिलस्थित केएल टावरको एफक्यूव सिनेमा हलमा आफ्ना कर्मचारीहरूको संयुक्त उपस्थितिमा विशेष कर्पोरेट शो आयोजना गरी चलचित्रको सामूहिक प्रदर्शन गरेको छ ।

बिज्ञापन

उक्त अवशरमा एफक्यूव सिनेमा परिवारले परान चलचित्रका कलाकारहरुलाई फूलमाला र शंखध्वनिद्वारा स्वागत गरेको थियो भने कम्पनीका तर्फबाट गोल्डस्टार शुज परिवारले कलाकारहरूलाई उपहार स्वरूप गोल्डस्टार शुज प्रदान गरेका थिए ।

चलचित्रबारे आफनो संक्षिप्त प्रतिक्रिया दिँदै कम्पनीका एक प्रतिनिधिले भने, चलचित्रले नेपाली समाजको यथार्थ, विशेषगरी विदेशिने मोह र त्यसले पारिवारिक सम्बन्धमा पार्ने असरलाई सशक्त रूपमा चित्रण गरेको छ । त्यसैगरी चलचित्रले आफ्ना अभिभावकप्रति संवेदनशील बन्नु पर्ने सकारात्मक सन्देश दिँदै घर–परिवारको ममतामूलक सम्बन्धलाई पुनः सम्झाइदिएको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

बिशेष