नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रभु बैंकमा छापा मारेको छ । पूर्व सांसद एवम् प्रभु बैंकका पूर्व अध्यक्ष समेत रहेका देवी प्रकाश भट्टचन पक्राउ परेपछि मोवाइल अफ गरेर सम्पर्कविहिन भएका प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन बिहिबारमात्र कार्यालयमा हाजिर भएका थिए । सहकारी ठगी प्रकरणमा कात्तिक ११ गते भट्टचन पक्राउ परेपछि कार्यालय जान छाडेका शेरचन कार्यालयमा हाजिर भएको भोलिपल्टै सिआइबी र नेपाल राष्ट्र बैंकको टोलीले उक्त बैंकको केन्दीय कार्यालय ववरमहलमा पुगेर छापा मारेको हो ।
बिज्ञापन
सीआईबीका एसपीको नेतृत्वमा गएको झण्डै २० जना टोलीले झण्डै सात घण्टा सो बैकमा छापा मारेर महत्वपूर्ण कागजातहरु नियन्त्रणमा लिएको छ ।
बिज्ञापन
९८ करोड रुपैयाँ ठगी भएको भनी प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाद्वारा दायर जाहेरीका आधारमा भट्टचन कात्तिक ११ गते ललितपुरबाट पक्राउ परेसँगै शेरचन समेत फरार रहेका थिए । अहिले पक्राउमा परेका पूर्व सांसद शेरचन र र प्रभु बैंकका प्रमुख प्रशासकीय अधिकृत अशोक शेरचन नातेदार हुन । उनीहरुबीच मामा भाञ्जाको नाता पर्दछ । हाल प्रभु बैंकका सिइओ रहेका शेरचनलाई बैंकिङ क्षेत्रमा समेत उनै भट्टचनले प्रवेश गराएका हुन ।
बैंकमा भएको आर्थिक अपचलनमा शेरचनको ठूलो भूमिका रहेको कर्मचारीहरु बताउँछन् । भट्टचन माथि भइरहेको विस्तृत अनुसन्धानको क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन माथि समेत संलग्नताको शंका बढेपछि सीआईबी र नेपाल राष्ट्र बैंकले संयुक्त रुपमा छापा मारेको हो।
बिज्ञापन
छापामा बैंकको फाइलहरू जफत गरिएको छ । सिआइबी स्रोतका अनुसार,दिउँसो साढे २ बजेदेखि राति ११ बजेसम्म बैंकको केन्द्रीय कार्यालय अनामनगरमा छापा मरेर दुई दर्जनभन्दा बढी संवेदनशील फाइल नियन्त्रणमा लिएको छ। प्रभु बैंकका कर्मचारीहरुका अनुसार,कार्तिक ११ देखि फरार रहेका शेरचन बिहिबारमात्र कार्यकक्षमा देखिएका थिए । र शुक्रवार बिहानै व्यवस्थापन समितिको बैठक डाकेका थिए । बैठक बसिरहेको समयमा सिआइबीको टोली छापा मार्न आएको सूचना पुगेपछि शेरचन बैंकबाट लापत्ता भएका थिए ।
यसैबीच सिइओ अशोक शेरचन अर्काे एक महिलासँगको लफडामा समेत मुछिएको खबर छ । सो प्रकरण समेत गुपचुप पारेर मिलाउने प्रयत्न भइरहेको छ ।


























