कार्यालय प्रमुख,लेखा अधिकृतसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय प्रमुख,कृषि विज्ञ,लेखा अधिकृतसहित आठ जनालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्धा लगेको छ । आयोगले कृषि विकास निर्देशनालय नक्टाझिज, धनुषाका कार्यालय प्रमुख रत्नकुमार झासहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बिज्ञापन

सप्तरीको महादेवा गाउँपालिकामा कृषि सडक निर्माणका क्रममा अनियमितता गरेको अभियोगमा ८ जनाविरुद्ध मुद्दा दायर भएको हो । अख्तियारले महादेवा गाउँपालिका–२ अन्तर्गत दोमुहान डगरदेखि पश्चिम खाडो नदी हुँदै भिमबाँधसम्मको कृषि सडक निर्माण कार्यमा अनियमितता भएको ठहर गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ ।

बिज्ञापन

आरोपितहरूमा कृषि विकास निर्देशनालय धनुषाका कार्यालय प्रमुख रत्न कुमार झा, सोही निर्देशनालयका कृषि विज्ञ विकास कुमार साह, लेखा अधिकृत चक्र प्रसाद अधिकारी, महादेवा गाउँपालिका–२ का वडाअध्यक्ष जगदीश मण्डल रहेका छन् । यस्तै कृषि सडक निर्माण उपभोक्ता समिति महादेवा–२ कजौलीका हरिनारायण यादव, समिति सचिव गंगाराम यादव, समिति कोषाध्यक्ष सावित्री देवी यादव र किरु इन्जिनियरिङ कन्सल्टेन्टका प्रोपराइटर हरिश कुमार सिंहविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ ।

उनीहरू सबै जनाविरुद्ध ६ लाख ९० हजार ६५७ रुपैयाँ बिगो कायम गरिएको छ । सम्झौता अनुसार कार्य २०७८ साल जेठ मसान्तसम्म सम्पन्न गर्नुपर्ने म्याद थियो । तर तोकिएको समयावधि भित्र काम सम्पन्न नगरी म्याद थपको निवेदन पेश भए पनि त्यससम्बन्धी कुनै निर्णय नभएको र त्यसपछि पनि भुक्तानी गरिएको आयोगले बताएको छ ।

बिज्ञापन

आयोगका अनुसार, प्रतिवादीहरूले मिलेमतो गरी वास्तविक कार्यभन्दा बढी देखाई भुक्तानी लिएको र सरकारी निकायलाई हानि पुर्‍याएको ठहर गर्दै विशेष अदालत काठमाडौंमा मंगलबार आरोप पत्र दायर गरेको छ ।उनीहरूलाई सो बराबरको रकम फिर्ता गराउनका साथै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय माग गरिएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

बिशेष