निर्वाचन आयोगले माग्यो ७ अर्ब ८१ करोड,अर्थले निकासा गर्ने भयो ५ अर्ब मात्र

अर्थ मन्त्रालयले फागुन २१ गते तय भएको चुनावका लागि निर्वाचन आयोगलाई ५ अर्बभन्दा कम बजेट उपलब्ध गराउने भएको छ।

बिज्ञापन

निर्वाचन आयोगले सरकारसँग सात अर्ब ८१ करोड रुपैयाँ बजेट माग गरेको भए पनि अर्थ मन्त्रालयले ५ अर्बभन्दा कम रकम मात्र उपलव्ध गराउने भएको हो । निर्वाचन आयोगबाट आगामी निर्वाचनका लागि ७ अर्ब ८१ करोड बजेट रकम मागसहितको प्रस्ताव अर्थ मन्त्रालयमा पुगेको थियो तर अर्थ मन्त्रालयका अधिकारी आयोगले माग गरेभन्दा २ अर्ब ८१ करोड बजेट घटाएर निकासा गर्ने भएका हुन ।

बिज्ञापन

यस पटक मतपेटिका र कागजपत्र खरिद नगर्ने भएको हुँदा अघिल्लो निर्वाचनमा भएको खर्चलाई आधार मानेर अर्थले बजेट निकासा गर्न लागेको हो । चालू आर्थिक वर्ष ०८१ ८२ मा सरकारले निर्वाचन आयोगलाई नियमित खर्चबापत ६१ करोड २३ लाख मात्रै बजेट विनियोजन गरेको छ । जेन–जी आन्दोलनपछि संसद् विघटन भई नयाँ निर्वाचनको मिति घोषणा भएपछि आयोगलाई निर्वाचनका लागि अतिरिक्त खर्च चाहिने भएको हो । अर्थ मन्त्रालयका अनुसार फागुन २१ गते प्रतिनिधि सभाको मात्रै निर्वाचन हुने भएकाले ५ अर्बभन्दा कम बजेट निकासा गर्न लागिएको हो ।

निर्वाचन आयोगले एक हजार मतदाता भए एउटा मतदान केन्द्र बनाउने गरी तयारी अगाडि बढाएको छ। विगतमा पनि यस्तै अभ्यास हुँदै आएको हो। यसकारण सबैभन्दा बढी खर्च निर्वाचनमा खटिने कर्मचारीमा हुनेछ । एक हजार मतदाता भए एउटा मतदान केन्द्र बनाउने र एउटा मतदान केन्द्रमा कम्तीमा १४ कर्मचारी आवश्यक पर्ने आयोगको भनाइ रहेको छ। मतगणनाका लागि पनि कर्मचारी व्यवस्थापन गर्नुपर्ने हुन्छ।

बिज्ञापन

यस अघि सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा तथा राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनसहित ७ अर्ब रुपैयाँमा निर्वाचन सकेको थियो । निर्वाचन आयोगले मतदाता, कर्मचारी, मतदान स्थल बढे र यो बीचमा वृद्धि भएको तलवभत्ता सहितका अनिवार्य तिर्नुपर्ने खर्चसहितलाई मध्यनजर गरी १० अर्बको अनुमान गरेपनि ३ अर्ब सबै निर्वाचन सकेर फिर्ता गरेको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एक लाख घुससहित रंगेहात पक्राउ परेका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा दायर

यस्ता छन् सचिव बैठकका निर्णयहरु

निर्वाचन आयोगले माग्यो ७ अर्ब ८१ करोड,अर्थले निकासा गर्ने भयो ५ अर्ब मात्र

अन्नपूर्ण बेसक्याम्पमा बाक्लो हिमपात, १ सय ८२ जना पर्यटकको उद्धार

निजामती प्रवेश : जुम्ला पहिलो,मनाङ शून्य,यस्तो छ ७७ वटै जिल्लाको पोजिसन

सचिव बनेको तीन महिना पछि श्रीमतीलाई नर्सिङ प्रशिक्षकमा ठाडो नियुक्ति

कम्पनी रजिष्ट्रारबाट २ उपसचिव,१४ अधिकृत ‘आउट’,फ्रेस ५ उपसचिव १५ अधिकृतको ‘इन्ट्री’

महिना दिनमै फेरिए मन्त्रीका निजी सचिव,कम्पनी रजिष्ट्रारको सेटै चेञ्ज

बिशेष